राजनीति

जग्गा प्लटिङका कारण उत्पादन घटेकाेमा मन्त्री कार्की चिन्तित

जग्गा प्लटिङका कारण उत्पादन घटेकाेमा मन्त्री कार्की चिन्तित
कात्तिक २२ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गरेका छन् । माओवादी केन्द्र निकट व्यवसायीको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम झापा जिल्ला भेलालाई आज सम्बोधन गर्दै उनले यस्तो कार्य रोक्न जग्गाको वर्गीकरण गर्नुपर्ने बताए। उनले आफूले यस विषयमा सदनमा समेत कुरा उठाएको बताउँदै जमिन, जङ्गल, उद्योग तथा आवास निर्माणका लागि जमिनलाई वर्गीकरण गर्नुपर्ने र वर्गीकरणअनुसारकै कार्यसम्पादन हुनुपर्नेमा जोड दिए। मन्त्री कार्कीले कृषिपछि देशलाई समृद्ध बनाउन उद्योग व्यवसायको मुख्य भूमिका रहने हुँदा व्यवसायीलाई एकजुट हुनसमेत आग्रह गरे। व्यापारलाई पनि समयअनुसार परिवर्तन गर्दै लैजानु पर्नेमा उनकाे जोड थियो । मन्त्री कार्कीले भने – “उत्पादित वस्तुलाई प्रशोधन गरेरमात्र बजार पुर्याउँदा त्यसको बजार सुरक्षित हुन्छ र मूल्य पनि राम्रो हुन्छ ।” उनले नेपालीले योजनाबिना नै व्यापार गर्ने भएका कारण व्यापार घाटामा जाने गरेको बताए।

Information Minister Karki surendra karki

विशेष