राजनीति

शेरबहादुरको चीनविरोधी कदमले उत्तरी छिमेकी भड्कियो

शेरबहादुरको चीनविरोधी कदमले उत्तरी छिमेकी भड्कियो
g]kfnL sfFu|];sf] !# cf}F dxflwj]zgaf6 gjlgjf{lrt ;efklt z]/axfb'/  b]pjf s]Gb|Lo sfof{nodf kbef/ u|x0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

कात्तिक २३ । नेपाल सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहेरनरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ ।

केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तनसँगै नेपालप्रति सशंकित बनेको चीनले सरकार र नेपाली नेताका पछिल्ला गतिविधिप्रति खुलेर आपत्ति जनाएको हो ।

‘नेपालले प्रतिबद्धता जनाउँदै आएको एक चीन नीतिप्रति चीनले शंका गरेको छ,’ सरकारी उच्चस्रोतले भन्यो, ‘सरकार र शीर्ष दलका नेताका गतिविधिप्रति चीनले शंका व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ । ’

स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको हो ।

चीनले नेपालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिइएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ । छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्ने दृष्टिकोण नेपालको फेरिएको हो भन्दै चीनले स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ ।

‘नेपाल र चीनबीचको सम्बन्धमा यस्तो अविश्वास यसअघि कहिल्यै आएको थिएन । चीनले यसरी नेपाललाई एक चीन नीतिप्रति कडा रुपमा प्रस्तुत भई धारणासमेत मागेको थिएन,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार चीनले मुख्य गरी पछिल्ला चारवटा गतिविधिलाई लिएर नेपालले अँगालेको एक चीन नीतिप्रति शंका गरेको हो ।

नेपालले चीनको स्वशासित क्षेत्र तिब्बत र ताइवान चीनको भूमि हुन् भन्ने मान्यतासहित ‘एक चीन नीति’ अँगाल्दै आएको छ । नेपाली उच्चस्तरीय टोली चीन जाँदा होस् या चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्दा, नेपालले सधैँ एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै आएको छ । तर पछिल्ला केही गतिविधि औंल्याउँदै नेपालले गर्दै आएको प्रतिबद्धतामाथि चीनले शंका गरेको छ ।

चीन सशंकित भएको पहिलो कारण हो– भारत र चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्दा सार्वजनिक बिदा दिने सरकारको निर्णय । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउनुअघि भारत र चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्दा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

‘चिनियाँ राष्ट्रपति नेपाल आउने/नआउने केही पत्तो छैन, तर सरकारले चिनियाँ राष्ट्रपति आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ जसप्रति चीनले असन्तुष्टि जनाएको छ । कूटनीतिमा भ्रमण मिति तय नभई बिदाको घोषणा गरिँदैन,’ स्रोतले भन्यो।

चीनले आपत्ति जनाएको अर्को घटना हो– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण । कात्तिक ४ गते भारत भ्रमणमा निस्केका देउवाको गतिविधिप्रति चीन सशंकित बनेको छ । स्रोतका अनुसार सबैभन्दा ठूलो पार्टीको सभापति तथा पूर्व प्रधानमन्त्री रहिसकेका देउवा चरम दक्षिणपन्थी संस्थाको निमन्त्रणामा भारत जानुलाई चीनले सामान्य रुपमा लिएको छैन ।

काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको हो ।

‘न्यु इन्डिया फाउन्डेसनजस्तो चरम दक्षिणपन्थी संस्थाको निमन्त्रणामा देउवा भारत गएकोमा चीनले असन्तुष्टि जनाएको छ । राष्ट्रिय स्वयंसेवक संघमा आबद्ध तथा भारतीय जनता पार्टीका महासचिव राम माधवको सक्रियातामा देउवा भारत पुग्नुभएको हो,’ स्रोतले भन्यो, ‘अझ चीनको ठूलो आपत्ति तिब्बती निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ साङे सहभागी कार्यक्रममा देउवा सहभागी भएको प्रति छ । यसप्रति चीनले निको मानेको छैन ।’ स्रोतअनुसार उक्त कार्यक्रममा देउवासहित अरुण जेट्ली, अमित साह र स्वामी तेजोमायानन्द प्रमुख वक्ता थिए भने साङेसहित १३ जना अतिथि वक्ता । नागरिक दैनिकबाट

विशेष