कला साहित्य

महाभारतमा कर्ण र द्रोपदीबीचको प्रेम किन असफल भयो ?

महाभारतमा कर्ण र द्रोपदीबीचको प्रेम किन असफल भयो ?

महाभारत विश्वकै ठूलो महाकाब्य हो । हिन्दुहरुको महानग्रन्थ महाभारतमा धेरै कहानीहरुछन् । त्यहाँ वीरता, प्रेम, युद्ध, राजनीति सबै विषयको वर्णन छ ।

हामीलाई थाहा भएकै कुरा हो महाभारतमा कर्ण पनि महारानी कुन्तीकै सन्तान हुन्छन् । विवाह अघि नै सूर्यनारायणले कुन्तीलाई गर्भवती बनाएका हुन्छन् । कुन्तीले लोकलज्जाकाको कर्णलाई जन्मपश्चात बाकसमा हालेर गंगामा बगाईदिइन् । भगवान सूर्यको पुत्र भएका कारण कर्ण गंगामा डुब्दैनन् । बग्दै धेरै परसम्म पुग्छन् ।

धेरै पर अधिरथ नामक एक रथ चलाउने सारथी गंगा किनार बस्थे । उनले नै कर्णलाई भेटाउँछन् । अधिरथ र उनकी पत्नी राधाले उनलाई पुत्र बनाएर पाल्छन् । तर जब कर्ण ठूलो हुँदै जान्छन् उनले आफ्नो असाधारण क्षमता देखाउन थाल्छन् । उनी छोटोसमयमै धनुर्विद्यामा निपूर्ण हुन्छन् । उनले परशुरामबाट धनुर्विद्या सिकेका हुन्छन् । उनको कुशलता र वीरताको प्रचार देश–देशभर फैलिसकेको हुन्छ । त्यो चर्चा द्रोपदीले पनि सुनेकी हुन्छीन् । द्रोपदीले अरुको मुखबाट सुनेकै भरमा कर्णको प्रशंसक बनिसकेकी हुन्छीन् ।

सारथीको छोराको रुपमा कर्णको पालन पोषण भए पनि उनी सारथी बन्न चाहँदैन थिए । आफ्नो धनुर्विद्याको दक्षता प्रमाणित गर्न विभिन्न देशमा आयोजना हुने वार्षिक समारोहमा कर्ण पुग्ने गर्थे । त्यहाँ उनी ठूला ठूला योद्धा र राजकुमारलाई हराएर धेरै धनराशी पुरस्कारका रुपमा जित्ने गर्थे ।

उनी हरेक राज्यमा आफ्नो सम्मानजनक स्थान बनाउने प्रयत्नमा थिए । जुन दुर्योधनको राज्यमा उनलाई त्यो सम्मान मिलेको थियो । दुर्याधनले कर्णलाई अंग देशको राजा पनि बनाएका थिए ।

जुनबेला उनी विभिन्न देशको वार्षिक समारोहमा गएर आफ्नो वीरता देखाउँथे, त्यो बेला उनले पाञ्चाल देशमा गएर राजा दु्रपदकाअगाडि पनि आफ्नो वीरता प्रस्तुत गरेका थिए । कर्णको कौशल देखेर दु्रपदकी छोरी द्रोपदी कर्णसँग प्रेम गर्न थालिन् । कर्णले द्रोपदीमा आफूप्रतिको प्रेम देखेर उनी पनि मोहीत भएका थिए । उनीहरु एक अर्कालाई अव्यक्त प्रेम गरिरहेका थिए । उनीहरुले विवाह गर्ने तय गरेका थिए ।

त्यो बेला राजकुमारीहरुको विवाह स्वयंवरबाटै हुने गथ्र्यो । जुन वीरयोद्धाले स्वयंम्वरको शर्त पूरा गथ्र्यो राजकुमारीसँग उसैको विवाह हुन्थ्यो । महावीर कर्णलाई द्रोपदीको स्वयम्वर जित्नेमा विश्वास थियो । द्रोपदीलाई पनि कर्णले स्वयंम्वर जित्ने विश्वास थियो ।

पाण्डव र कौरवका गुरु द्रोणाचार्य र द्रोपदीका बुवा राजा दु्रपदबीच ठूलो दुश्मनी थियो । उनले द्रोणचार्यको बध गर्न सक्ने पुत्र प्राप्तिका लागि यज्ञ गरेका थिए । त्यो यज्ञबाट द्रोपदी र द्रुष्टधुम्नको जन्म भएको थियो ।

राजा द्रुपद यो चाहन्थे कि द्रोपदीको विवाह अर्जुनसँग हो । यहि भएर उनले कराईमा भएको तेलमा देखिने छायाँ हेरेर तेलमाथि घुमिरहेको माछाको आँखामा निशाना लगाउनु पर्ने शर्त राखे । ताकि त्यो शर्त अर्जुनले मात्रै भेद गर्न सकून् ।

तर त्यो शर्त कर्णले पनि पूरा गर्न सक्थे । कर्णबाहेक भिष्म, द्रोणाचार्य, कृष्ण, अर्जुनले पनि पूरा गर्न सक्थे । शर्तबाट कर्ण र द्रोपदी दुवै खुसी थिए ।

स्वयम्वरको दिन कर्णले माछामा निशाना लगाउँनैलाग्दा कृष्णले द्रौपदीलाई विवाह नगर्न भन्छन् । त्यो स्यम्वरमा राजा वा राजाका छोरामात्रै सहभागी हुने पाउने नियम सुनाइन्छ ।

द्रोपदीले कृष्णको आज्ञा मानेर बाध्यतावस कर्णलाई सुत अर्थात सारथीको पुत्र भनिदिन्छन् । जसका कारण कर्णले स्यम्वरमा सहभागी भएर पनि बाँकी प्रक्रिया पूरा गर्न पाउँदैनन् । यसरी कर्ण र द्रोपदीको प्रेम असफल हुन्छ ।


 

विशेष