प्रचण्डविरुद्ध पूर्व लडाकुको आन्दोलन शान्तिपूर्ण
कात्तिक - २३ । आन्दोलनमा सहभागी भएका पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहानै बालबच्चासहित पार्टी कार्यालय पेरिसडाँडामा कब्जा गरेका बर्हिगमित पूर्व लडाकूहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपनि उनीहरुले आफ्नो स्थानबाट शान्तिपूर्ण आन्दोलन थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आन्दोलन थालेका माओवादीका पूर्व लडाकुले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् । आफ्नै पार्टीको सरकारमा रहेको बेला पनि आफूहरुलाई सरकारले व्यवस्था गरेको भन्दै पूर्वलडाकू आन्दोलित बनेका हुन् ।
जतिसुकै हत्याकाण्ड अपनाए पनि आफ्नो आन्दोलन अन्तिमसम्म शान्तिपूर्ण नै हुने भन्दै बर्हिगमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्टले तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उक्त तस्विरमा सबै लडाकुहरुले मुख बन्द गरेको देखिन्छ । उक्त तस्विरले उनीहरको बोल्न पाउने अधिकार खोसिएकोमा नेपाल सरकारप्रति सांकेतिक विरोध गरेको अध्यक्ष विष्टले बताए ।
यो आन्दोलन अन्तिम चरणको आन्दोलन भन्दै पार्टी कार्यालय पेरिसडाँडा घेराउ गर्न पुगेका छन् । पूर्वलडाकुलाई लगाइएको अयोग्यको बिल्ला हटाउनुपर्ने, गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, जनमूक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने उनीहरुको माग हो ।
अनमिनको रोहबरमा २०६६ साल माघ महिनामा ४ हजार ९ जनाको संख्यामा रहेका बाल सैनिकलाई अयोग्य घोषण गरिएको थियो । तिनै पूर्व बालसैनिक यतिबेला आन्दोलीत बनेका छन् ।
lenin bista
maobadi
pm pushpa kamal dahal prachanda