मधेसी मोर्चाको रणनीतिः आन्दोलन नगर्ने, चुनाव पनि हुन नदिने
कात्तिक २४ । मधेसवादी दलका नेता कार्यकर्ताले छठपछि तराई मधेसका जिल्ला फेरि ठप्प पार्ने चेतावनी स्थानीय मिडिया र फेसबुकमार्फत दिएको दियै छन् । काठमाडौस्थित मधेसी मोर्चा केन्द्रीय नेतृत्व भने अहिले सडकमा नजाने तर सरकारले अघि बढाउने स्थानीय चुनावलगायत संविधान कार्यान्वयका कुनै पनि काम अघि बढ्न नदिने रणनीतिमा छ । त्यस कारण स्थानीय तह पुनःसंरचनाको काम तराई मधेसमा हालसम्म हुन सकेको छैन ।
संघीय समाजवादी फोरम समाजवादी फरोम सिरहाका नेता सञ्जीव यादवले स्थानीय तह पुनःसंरचनाको काम गर्न नदिनू भनेर पार्टीले केन्द्रले दिर्नेशन दिएको बताए । ‘गर्नेभए जनसंख्याका आधारमा स्थानीय तह पुसंरचना हुन पर्यो, नत्र यसको कुनै अर्थ छैन, उनले भने, ‘माथिबाट घोषणा गरे पनि हामी लागू हुन दिँदैनौं । ’ –कान्तिपुर दैनिकबाट