लोकतन्त्रलाई बचाउन कांग्रेस बलियो हुन आवश्यकः नेता खनाल
कात्तिक - २४ । रामग्राम, नेपाली कांग्रेसका नेताएवं नवलपरासी निर्वाचन क्षेत्र न ५ का सांसद बिक्रम खनालले लोकतन्त्रलाई बचाउन पनि देशमा कांग्रेसथप बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।
नवलपरासीको गेर्मीमा पार्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले देशमा जब जब अफ्ठ्यारो पर्दछ तब कांग्रेसको आवश्यकता हुन्छ तसर्थ सुखमा भन्दा पनि दुःखमा साथ दिनकालागी कांग्रेसलाई बलियो बनाउनु आवश्यक रहेको बिचार व्यक्त गरे।
राणाशासनदेखि लोकतन्त्र गणतन्त्र स्थापनासम्म कांग्रेसको महत्वपूर्ण भुमिकालाई सारा बिश्वले मानेकाे बताउदै नेता खनालले भने त्यही प्राप्त उपलब्धीलाई संस्थागत बनाउनु कांग्रेस बलियो बन्न आजको आवश्यकता बताए ।
संसदीय दलका सदस्य समेत रहेका खनालले यस क्षेत्रको बिकास निमार्णका काममा जनता संगै रहेको बताउदै आफूलाई बिकास निमार्णका सबै काममा खबरदारी गर्न जनतालाई आग्रहसमेत गरे ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सचिब बिक्रम यादव ,पिछडा वर्ग महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र मौर्य, नेपाली कांगेस क्षेत्र ५ का क्षेत्रिय सभापति दिनेशमणी पटेल, पार्टीका क्षेत्रिय सदस्य प्रेमचन्द्र कैशल लगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बिचार राखे ।
सो अवसरमा बिभिन्न राजनीतिक दल परित्याग गरी ५० जना नेपाली काग्रेसमा प्रबेश गरेको थिए । नवप्रबेशी कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवं नवलपरासी निर्वाचन क्षेत्र न ५ का सांसद बिक्रम खनालले अबिर टीकासहित साधारण सदस्यता प्रदान गरे ।
- रबिन्द्र यादव/नवलपरासी
Accident in Nawalparashi
Congress
Nawalparashi
nepal