राजनीति

'घरेलु तथा साना उद्योगको विकास आवश्यक'

'घरेलु तथा साना उद्योगको विकास आवश्यक'
कात्तिक - २४ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग मन्त्रालय अहिले मुलुकमा औद्योगिक वातावरण निर्माणका लागि क्रियाशील रहेको बताएका छन्। नेपाली काँग्रेसका संस्थापक एवम् २०४६ सालको जनअन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको १०२औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भने – आर्थिक क्रान्तिका लागि घरेलु तथा साना उद्योगको विकास आवश्यक रहेको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका मन्त्री जोशीले थप रोजगारी सिर्जना गर्ने गृहकार्यमा मन्त्रालय लागिपरेको बताउँदै मन्त्रालयले परिणाम देखिनेगरी काम अगाडि बढाइरहेको जानकारी दिए। कार्यक्रममा काँग्रेस नेता तथा सांसद रामचन्द्र पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेसको प्रजातान्त्रिक समाजवादको नीति आवश्यक रहेको बताउँदै आर्थिक समृद्धि हासिल नभएसम्म राजनीतिक उपलब्धि संस्थागत हुन नसक्ने धारणा राखे ।

nabindra raj joshi

विशेष