ताजा खबर राजनीति

देउवाको रिसाहा रुप, फिँज निकाल्दै पत्रकारलाई थर्काए (भिडियोसहित)

देउवाको रिसाहा रुप, फिँज निकाल्दै पत्रकारलाई थर्काए (भिडियोसहित)

deuba

कात्तिक २५ ।  पूर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्राय हस्यौली पारामा प्रस्तुत हुन्छन् । पत्रकारसँग रसिकरुपमा प्रस्तुत हुने देउवा तर्कविर्तक गर्दैनन्, नत लम्बेतान कुरा गर्छन् । पत्रकारका गम्भीर प्रश्न पनि हल्काफुल्का शैलीमा टार्न अभ्यस्त मानिन्छन् देउवा । बुधबार भने देउवा पृथकरुपमा प्रस्तुत भए ।

भारत भ्रमणमा गएका देउवाले स्वतन्त्र तिब्बत अभियानका अगुवा दलाइ लामासँग भेट गरेको समाचार नेपालका संचार माध्यममा प्रकाशित भएको थियो । एक चीन नीतिमा रहँदै आएको नेपालका पूर्वप्रधानमन्त्री एंव सबैभन्दा ठूलो दलका सभापति देउवाले लामालाई भेटेको सन्दर्भले उत्तरी छिमेकी चीनको ध्यान आकृष्ट गरेको थियो । बुधबार स्वदेश फर्कने क्रममा देउवा सोही विषयलाई लिएर पत्रकारसँग रिसाएका हुन् ।

गलत समाचार सम्प्रेषण गरिएको भन्दै देउवा रिसले चूर भएका थिए । रिसाउँदा उनको भावभङ्गिमा विल्कुल फरक देखिएको थियो । मुखमा फिँज निकाल्दै औंला ठड्याउँदै उनले पत्रकारलाई ठूला कुरा नगर्न चेतावनी दिएका थिए । उनले आफुले कसैको केही नबिगारेको भन्दै अनावश्यक हल्ला किन फैलाएको भनेर पत्रकारसँग प्रतिप्रश्न गरेका थिए । ‘मैले दलाई लामालाई भेटेको होइन ।

सरासर कार्यक्रममा गएर फर्केको हुँ । हलमा को को थिए भनेर मैले जान्ने कुरा भएन । म हलमा को को छ भनेर हेर्दै हिड्न ?’ देउवाले जङ्गिदै पत्रकारसँग प्रश्न गरे । पत्रकारले प्रतिप्रश्न गरेपछि उनी झनै आक्रामक बनेका थिए । देउवा रिसाएपछि पत्रकार सम्मेलन कक्षमा सन्नाटा छाएको थियो ।

https://youtu.be/oTL9C744t7g    

विशेष