राजनीति

भारतमा गएर एक चीन नीतिविरुद्ध क्रियाकलाप गर्ने देउवाको भद्दा रुप सार्वजनिक (भिडियोसहित)

भारतमा गएर एक चीन नीतिविरुद्ध क्रियाकलाप गर्ने देउवाको भद्दा रुप सार्वजनिक (भिडियोसहित)

images-cms-image-000007462-1

कात्तिक २६ । हालसालै भारतको गोवामा इन्डिया फाउन्डेसनमा आयोजित थर्ड इन्डिया आइडियाज कन्क्लेभमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी मुलुक चीनमा विखण्डनको आन्दोलन गरिरहेका नेताहरुलाई भेटेको पुष्टि भएको छ ।

सो कार्यक्रमका लागि देउवा भारतमै हुँदा नेपालमा देउवाले तिब्बतका निर्वासित प्रधानमन्त्री लोब्साङ सांगे र तिब्बती धर्मगुरु दलाई लामालाई भेटेको खबर सार्वजनिक भएको थियो । कार्यक्रम सकेर काठमाडौं ओर्लने बित्तिकै देउवाले मुखमा फिँज काढी काढी पत्रकारलाई गाली गरेका थिए । उनले आफू कार्यक्रम स्थल पुगेर सरासर भाषण गर्न गएको, भाषण गरेपछि सोझै होटल फर्केको जिकिर गरेका थिए ।

तर देउवाले गरेको त्यस्तो दाबी झुट प्रमाणित भएको छ । उनी तिब्बतका निर्वासित प्रधानमन्त्री डा. लोब्साङ सांगेसँगै एउटै लहरमा बसेको तस्बिर बाहिरिएको छ । यो तस्बिरपछि देउवाले नेपालको एक चीन नीतिको ठाडै उल्लंघन गरेको देखियो । त्यतिमात्रै होइन उनले दलाई लामाको भिडियो सन्देश नहेरेको बताएका थिए । त्यो पनि झुट नै हो भन्ने आधार बलियो भएको छ ।

get_img-1 get_img-2 get_img

ठूला नेताले छिमेकी मुलुकविरुद्ध खुलेआम क्रियाकलाप गरेपछि नेपालप्रतिको चीनको दृष्टिकोण राम्रो नहुने निश्चित जस्तै हुन्छ । नेपाललाई दक्षिणको छिमेकीले दुःख दिँदा पनि चीनले सहयोग नगर्नुको कारण नेताहरुको यस्तो क्रियाकलाप पनि हो भन्ने गरिन्छ ।

विशेष