राजनीति

माओवादीले मंसिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने

माओवादीले मंसिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने

राजनीति
कात्तिक – २६ । नेकपा क्रान्तिकारी माओवादीले मंसिर १० गते देशव्यापी विरोध प्रदर्शन कार्यक्रम गर्न भएको छ । शुक्रबार दिउसो पार्टीको केन्र्दीय सचिवालय बुद्धनगरमा बसेको बैठकले सो निर्णय गरेको हो । शुक्रबार एक विज्ञप्ति निकाल्दै उक्त विषयबारे राज्य तथा जिल्लाद्वारा आफ्नो सापेक्षतामा सङ्घर्षका कार्यक्रम गर्ने जानकारी दिएको छ । वर्तमान संविधानले सबै वर्गलाई समेट्न नसकेको भन्दै खारेज गर्न माग गरेको छ । ‘आधारभूत समस्याको समाधान यसप्रकारको राज्य पुनःसंरचनासहितको संविधान संशोधनद्वारा होइन, वर्तमान संविधानको खारेजी र सङ्घीय जनगणतान्त्रिक संविधानको निर्माणबाट मात्रै हुने नीतिप्रति पार्टी दृढ रहिआएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलका मान्यता तथा मापदण्डविरुद्ध कतिपय गम्भीर प्रकृतिका गतिविधि हुँदै आएकोमा नेकपा माओवादी विशेष ध्यानाकर्षण भएको जनाएको छ ।

birodh mohan baidhya kiran nekapa krantikari maobadi pradashan garne

विशेष