राजनीति

देउवाले दलाई लामालाई भेटेको भन्ने समाचारको काँग्रेसद्वारा खण्डन

देउवाले दलाई लामालाई भेटेको भन्ने समाचारको काँग्रेसद्वारा खण्डन
कात्तिक – २६ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दलाई लामालाई भेट्यो भन्ने समाचारको काँग्रेसले घोर निन्दा र भत्सना गरेको छ । शुक्रबार एक काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्ति जारी गर्दै भारतको गोवामा आयोजित कार्यक्रममा देउवाले दलाई लामालाई नभेटेको दाबी गरेको हो । sher-bahadur-deuba देउवा इन्डीया फाउण्डेशनले आयोजनका गरेको डेमोक्रेसी डेभलप्मेन्ट एन्ड डिसेन्ट नामक कार्यक्रमको प्रमुख अतिथिको रुपमा भाग लिन गोवा पुगेका थिए । गोवामा भएको उक्त कार्यक्रममा देउवाले दलाई लामालाई भेटेको भन्ने विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएको थियो । उनी नजिकै बसेको तस्बिर पनि प्रस्तुत गरिएको थियो । तर, काँग्रेसले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार कार्यक्रमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका रेलमन्त्रीसुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी बक्ताका रुपमा मञ्चमा रहेका थिए । त्यो तस्बिर फोटोसप गरी जनतालाई भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाएको छ । ‘दर्शक दीर्घामा को–को थिए र को कहाँ बसेका थिए, त्यसको उहाँलाई कुनै जानकारी छैन र जानकारी लिने विषय पनि भएन र त्यसको चियोचर्चाे गर्ने विषय पनि होइन,’ विज्ञप्तिमा भनिएको छ ‘त्यसका बाबजुद कहाँ कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तरक्रिया समेत गरेको तथा सभापति श्री देउवा एक चीन नीतिप्रति सम्वेदनशिल नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’ नेपाली कांग्रेस पञ्चशीलको सिद्धान्तमा दृढ रहेकोले यस्ता भ्रामक र कपोल्कल्पित प्रचार गरी नेपाली काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यूपूर्ण रहेको बताएको छ ।

Dalai Lama krishna prasad paudel Nepali Congress Sher Bahadur Deuba

विशेष