राजनीति

डा.बाबुराम अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिन बेलायत प्रस्थान

डा.बाबुराम अक्सफोर्ड युनिभर्सिटीमा लेक्चर दिन बेलायत प्रस्थान
कात्तिक–२६ । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बेलायत गएका छन् । पार्टीको भ्रातृसंस्था अन्तराष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सहभागी हुन डा.भट्टराई बेलायत गएका हुन् । डा.भट्टराईले आइतबार पार्टीको आयोजनामा अल्डरशटस्थित एम्पाएर हलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने छन् । भट्टराईको स्वागतकालागि अन्तर्रा्ष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनाल, नेपाली दूतावास लन्डनका प्रवक्ता शरद आरन लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको विमानस्थलमा बाक्लो उपस्थिती थियो । भेलामा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने छन् । पार्टीका अन्य नेताहरु मदन राई, डिवी गुरुङ तथा भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे र विदेश विभाग प्रमुख नवराज सुवेदीले समेत सो भेलालाई सम्वोधन गर्ने भएका छन् । डा. भट्टराईले शनिवार गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका हुन् । उनले आगामी सोमबार लन्डन स्कुल अफ इकोनोमिक्स र मंगलबार अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने समेत भएका छन् ।

Dr. Baburam Bhattari Oxford University

विशेष