राजनीति

चुनावको संघारमा गृहमन्त्रीले नागरिकता बाँढ्न फेरि घुम्ती शिविर सञ्चालन गर्न लागे

चुनावको संघारमा गृहमन्त्रीले नागरिकता बाँढ्न फेरि घुम्ती शिविर सञ्चालन गर्न लागे

bimalendra-nidhi

कात्तिक २७ । प्रमुख दलबीच चैतभित्रै स्थानीय निकाय र डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भइरहँदा गृहमन्त्रालयले घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्ने तयारी थालेको छ ।

निर्वाचनअघि घुम्ति शिविरमार्फत लाखौंको संख्यामा वितरण गरिने नागरिकता विवादास्पद बनिरहे पनि गृहले यसपालि पनि घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी गरेको छ । देशका ७५ वटै जिल्लामा प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयमार्फत हरेक दिन योग्य नागरिकले सहजै नागरिकता पाउने व्यवस्था हुँदाहुँदै सरकारले घुम्ती शिविरमार्फत नागरिकता वितरण तयारी गरेको हो । –नागरिक दैनिकबाट

विशेष