कांग्रेस बोल्योः ‘हाम्रा सभापतिसँग अरुको तस्बिर जोडेर दुष्प्रचार नगरौं’
कात्तिक–२७ । नेपाली कांग्रेसले गोवाको कार्यक्रममा पार्टी सभापति देउवाको सहभागितालाई लिएर शुक्रबार विज्ञप्ति जारी गर्दै ‘एक चीन नीति’ बारे बसिकाउन आग्रह गरेको छ । कांग्रेसले चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास भएको भन्दै भत्र्सना पनि गरेको छ ।
‘देउवा एक चीन नीतिप्रति संवेदनशील नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो । नेपाली कांग्रेस पार्टी र सभापति देउवालाई एक चीन नीतिप्रतिको दृष्टिकोण कसैले सिकाइरहनु पर्दैन, एक चीन नीति हाम्रो विश्वास हो,’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
देउवा भारतको गोवामा इन्डिया फाउन्डेसनले आयोजना गरेको तर त्यहाँ दलाई लामाका प्रतिनिधिलाई भेटेको भनी आएको समाचार झूटो भएको कांग्रेसको दाबी छ । सञ्चार माध्यममा उक्त कार्यक्रमको भनी सार्वजनिक भएको देउवासहितको तस्बिरबारे विज्ञप्तिमा भनिएको छ ,‘कहाँ कहाँको तस्बिर जोडेर देउवासँगै बसेको र अन्तक्र्रियासमेत गरेको एवं एक चीन नीतिप्रति संवेदनशील नभएको भनी दुष्प्रचार गर्न खोजिएको छ ।’
यसैबीच गोवा भ्रमणका क्रममा देउवाले भाग लिएको कार्यक्रमको विषयलाई लिएर नेपालको छिमेकप्रतिको नीतिमाथि नै प्रश्न उठ्ने अवस्था आएको भन्दै प्रमुख विपक्षी एमालेले संसद्को ध्यानाकर्षण गराएको छ । – कान्तिपुर दैनिकबाट