तरुण दलको महामन्त्रीमा आचार्यको दाबी
कात्तिक २७ । नेपाल तरुण दलको चौथो महाधिवेसन शनिबारबाट पोखरामा शुरु हुँदैछ । २७ गरेबाट २९ गतेसम्म पोखरामा हुने केन्द्रीय महाधिवेसनमा तरुण दलका नेता बाबुराम आचार्यले महामन्त्रीमा आफूले गरेको दाबी नछाड्ने संकेत गरेका छन् । केहि समय अगाडी नै उमेदवारी घोषणा गरेका आचार्य सुनसरीबाट काँग्रेस राजनीति गर्दछन् ।
महामन्त्रीमा विजयी भए दरुण दललाई अझ सशक्त र प्रभावकारी रुपमा पार्टीको भातृ संगठनको रुपमा लैजाने दाबी आचार्यले गरेका छन् । युवाहरुको भूमिका राजनीतिमा प्रयोग गर्ने मात्रै हुन नहुन धारणा राख्ने आचार्यले स्वदेशभित्रै रोजगारीको सिर्जना गर्न तरुण दलको भूमिकाबारे बहस हुनु पर्ने विचार राख्छन् । उनले भने, ‘युवाले अब दलहरुलाई राजनीतिका लागि सघाउने दिन गए । किनभने हामीले राजनीतिक उपलब्धी हाँसिल गरिसकेका छौं । अब मुलुक समृद्ध बनाउने योजना तरुण दल आफैले ल्याउने, दललाई विकासमा सघाउने भूमिका हुनु पर्छ ।’
आचार्यले स्वदेशमै रोजगारीका अवसर दिन प्रयास गर्ने, ब्यावसायिक तालिमको ब्यवस्था गर्न पहल गर्ने, रोजगारका लागि विदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
माओबादीको हिँसात्मक जनयुद्धका क्रममा आचार्यलाई माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका थिए भने अपहरणको प्रयास पनि गरेका थिए । शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका पक्षधर आचार्य बालकृष्ण खाँड, उदय शमशेर राणा निकट मानिन्छन् ।
नेबिसंघबाट तरुणदलमा प्रबेश गरेको आचार्य डेढ दशकदेखि काँग्रेस राजनीतिमा क्रियाशील छन् । तरुण दलको बिषयमा राम्रो अध्ययन गरेका बाबुराम आचार्य माओबादी र कम्न्युष्टहरुप्रति खरो रुपमा प्रस्तुत हुन्छन् । तरुण दल बुझेकोलाई पद दिनुपर्ने मान्यता राख्ने आचार्य संगठन चुस्त बनाउन शुद्धिकरण अभियान सञ्चालन गर्नु पर्ने धारणा राख्छन् ।