पेरिसडाँडाबाट लखेटिएका अयोग्य लडाकू बाबुरामको शरणमा (भिडियोसहित)
कालीकोटका कुसुम भट्टराई २०५८ सालमा १५ वर्षको उमेरमा माओवादीमा प्रवेश गरे । माओवादीमा प्रवेश गरेको २ वर्ष नपुग्दै बेनीको आक्रमणमा उनलाई गोली लाग्यो । करंगको हड्डीमा गोली लागेका उनको ज्यान त बच्यो तर गोलीले जीवनको व्यथा बेग्लै बनाइदियो । उपचारका लागि ४ लाख सके । तर, गोली निकाल्न सकिएन । उनको करंगमा अझैपनि गोली छ । एन्टिबाइटिकका लागि मात्र उनले मासिक १५ सय खर्च गर्नुपर्छ । माओवादी युद्ध सकिएको १० वर्ष भइसक्यो तर युद्धको पीडा जीवन छइन्जेल उनको साथमै रहने निश्चित छ । [caption id="attachment_38227" align="alignleft" width="241"] बेनी आक्रमणको घाइते कुसुम भट्टराई / तस्विर: नेपाल आज[/caption] २०६३ सालमा कुसुम अयोग्य सावित भए । अयोग्य लडाकूहरुको व्यावस्थापन सरकारले गर्ने भनेतापनि केही गरेन । त्यसैले उनी अहिले काठमाडौँ आएका छन् । हिजोका माओवादी सुप्रिम कमाण्डर आज देशको कमाण्डर भएका छन् । प्रचण्डलाई झक्काउन भनेर कुसुमजस्तै देशैभरबाट दुई सयभन्दा बढी अयोग्य लडाकू काठमाडौँ खाल्डोमा केन्द्रीत भएका हुन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना दिएका उनीहरुलाई प्रहरीले लखेटिदियो । ‘हिजो जसको आदेशमा जसका बिरुद्ध लडियो, आज उसैको आदेशमा दुश्मनले आफ्नै घरबाट खेद्यो ।’ काखे बच्चासहित काठमाडौँ आएकी शारदा सेन दुःख व्यक्त गर्दछिन् । कपिलवस्तुकी शारदा १३ बर्षको कलिलो उमेरमा माओवादीमा लागिन् । माओवादीप्रति झुकाव भएकै कारण उनलाई सुरक्षा फौजले पक्राउ गर्यो र २१ दिनसम्म थुन्यो । त्यसपछि उनीसँग माओवादीमा सक्रिय हुनु बाध्यताजस्तै बन्यो । उनी माओवादी छापमार भइन् । राज्यसत्ता बन्दुकको नालबाट कब्जा गर्ने भन्दै राइफल भिरेकी उनी अयोग्य लडाकूका रुपमा घर फिर्ता भइन् । उनले पुर्नस्थापनाका लागि दिइएको रकम समेत पाइनन् । शरदाकै साथमा काठमाडौँमा भेटिइन् मुगुकी रश्मी शाही । कि जन कि धन भन्ने माओवादी अभियानका कारण उनी १ वर्षकै उमेरमा माओवादीमा सक्रिय भइन् । जनमुक्ती सेनामा रहदाँ उनी ४ वटा युद्धमा परिन् । बर्दिया रम्बापुरको युद्धमा उनको हात भाचियो । बमको आवाजले उनको दुईटै कानको जाली गयो । उपचार उनले नगरेको होईन । तर, सफल भएन । [caption id="attachment_38229" align="alignleft" width="260"] मुगुकी रश्मी शाही / तस्विर: नेपाल आज[/caption] उनी राम्रोसँग कान सुन्न सक्दिनन् । भन्छिन् ‘त्यतीबेला बाच्ने आश थिएन । बाँचेर जीवन र पार्टी यस्तो लथालिङ्ग भएको देख्दा सहिद भएको भए राम्रो हुने रहेछ भन्ने लाग्छ ।’ शारीरिकरुपमा असक्त भएपछिको पीडा व्यक्त गर्दै गर्दा भावुक भनेकी उनले भनिन् ‘संसार बदल्छौ भनेर छापामार बनियोे, अहिले घरको न घाटको भइयो ।’ दैलेखकी लक्ष्मी विक माओवादी युद्धमा रहरले लागेकी होइनन् । शुरुमा उनलाई माओवादीहरुले अपहरणको शैलीमा लगे । एक बर्षपछि उनी घर फर्किइन् । १४ बर्षको उमेरमै घर छाडेकी उनी सुरक्षा निकायको निशानामा परिन् । घरायशी जीवन जिउने वातावरण नभएपछि उनी पुनः माओवादी मै फर्किइन् । [caption id="attachment_38228" align="alignleft" width="260"] दैलेख सल्लेरी युद्धको घाइते लक्ष्मी विक / तस्विर: नेपाल आज[/caption] २०६२ सालको दैलेख सल्लेरीको युद्धमा उनको घुडाँमा गोली लाग्यो । गोली त झिकियो तर गोलीको प्रभाव मेटिन् सकेन । उनको शरीर बेलाबेला झमझमाउने र दुख्ने गर्छ । शारीरिक काम गर्न उनी सक्दिनन् । दिनहुँ नशाको औषधी सेवन गर्नुपर्छ । तर, औषधी किन्ने पैसा छैन । ताप्लेजुङका समिर लिम्बु हुन् वा अरु कोही अयोग्य लडाकू, सबैको पीडा उस्तै छ । आफ्नै नेता सरकारमा हुँदा र आफूहरुको वेवास्ता हुँदा उनीहरुलाई झनै पीडा हुने गर्दछ । मागसहित काठमाडौँ आएका उनीहरु कात्तिक १९ गते माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा धर्ना बसे । ‘माओवादी केन्द्रले हामीलाई प्रहरी लगाएर लखेट्यो । जुन पार्टीका लागि हामीले जीवन बर्बाद पर्यौं, त्यही पार्टीले हामीमाथि अन्याय गर्यो ।’ बर्हिगर्मित लडाकूका उपाध्यक्ष प्रदिप कार्कीले आक्रोश पोखे । पेरिसडाँडाबाट खेदिएका पूर्व लडाकूहरु माओवादी आन्दोलन नै छाडेर हिडेका बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी घेर्न पुगेका छन् । ‘हामीलाई माओवादी बनाएर आफू गैर-माओवादी हुने ?’ किशोरवयमा माओवादी बनेर बन्दुक बोकेका उनीहरुको यो प्रश्न भट्टराईका लागि कठोर बनिरहेको छ । [caption id="attachment_38230" align="aligncenter" width="750"] ताप्लेजुङका समिर लिम्बु / तस्विर: नेपाल आज[/caption]
बबरमहलस्थित नयाँ शक्ति पार्टी कार्यालयमा दुई सयको हारहारीमा पूर्व-लडाकूहरु छन् । बच्चाबच्चीसहितका महिला, युवा र अपांगसमेत धर्नामा बसिरहेका छन् । अधिकाशं पूर्व-लडाकूहरु निराश देखिन्छन् । चिउरा र दालमोठ चपाएर उनीहरु धर्ना बसीरहेका छन् । कलिलो उमेरमा लडाकू बनेका महिलाहरु बालबच्चासहित आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बाबुरामलाई प्रश्न गर्दछन्, ‘तपाईकी छोरीजस्तै हामीलाई पनि हाम्रा छोराछोरी पिएचडी गराउने वातावरण खोइ ?’ नेताहहरुको सन्तान मोहले पीडा दिने गरेको उनीहरु बताउछन् । ‘हामीले बन्दुक बोकेर उहाँहरु नेता हुनुभयो । नेता हुन नसकेका हामीले के गर्ने ?आखिर प्रचण्डलाई प्रकाशकै चिन्ता देखियो, बाबुरामले पनि मानुषीलाई युद्धकालमै राम्रो व्यवस्थापन गरेकै रहेछन् । हाम्रो व्यवस्थापन कस्ले गर्ने ?’ अयोग्य लडाकूको साझा प्रश्न हो यो । नयाँ शक्ति पार्टी कार्यालयको प्रांगणमा पाल टाँगेर बसेका उनीहरु त्यही सुत्छन् । काठमाडौँको चिसोले कतिपयलाई छोइसककेको छ । केटाकेटीको नाक बग्न थालिसकेको छ । [caption id="attachment_38231" align="aligncenter" width="750"] शारदा सेन / तस्विर: नेपाल आज[/caption]
बर्हिगर्मीत लडाकूहरु आफ्नो मागबाट पछि नहट्ने उद्घोष गरिरहेका छन् । भन्छन् - ‘हामी यो अवस्थामा आउनुमा प्रचण्ड, बाबुराम, बैद्य लगायत अन्य सबै माओवादीहरुको हात छ । हामी सबैलाई दबाब दिन्छौ । हाम्रो भविष्य बर्बाद गर्ने कोही पनि उम्किन पाउँदैन ।’ अधिकाशंको पीडा एउटै छ । व्यथा उस्तै छ । समस्या पनि एउटै छ । ‘पढ्ने बेलामा बन्दुक बोक्न बाध्य बनाईयो । तर, बन्दुक बोक्न बाध्य बनाउनेहरु सत्तामा छन् । हामी भने पहिचान विहीन जीन्दगी बाँचीरहेका छौँ । ’ माग के छ पूर्व लडाकूहरुको ? अयोग्यको बिल्ला हटाउनु पर्ने, गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने माग पूर्वलडाकूहरुले राख्दै आएका छन् । यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । नेताहरुले आस्वासन दिएपछि उनीहरुको धर्ना सकिएको थियो । तत्काल माग सम्बोधन गर्ने वाचा पूरा भएन । सेना सममायोजनका क्रममा २०६३ सालमा तत्कालीन जनमुक्ति सेनाबाट ४ हजार ९ जनालाई अयोग्य लडाकू भन्दै शिविरबाट निकालिएको थियो । अयोग्य भनेर उनीहरुलाई निकाल्दा पार्टीले केही समयपछि व्यवस्थापन गर्ने आश्वाशन दिएको थियो । १० वर्ष बितिसक्दा पनि केही नभएको उनीहरुको गुनासो छ । प्रस्तुति: सागर बुढाथोकी
https://youtu.be/gWeyRpa7dEk ladaku 2 lenin aayogya ladaku