राजनीति

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
कात्तिक २७ । संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा उहाँहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायत विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् । प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमालेका अध्यक्ष केपी ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गरेका थिए ।

bhet barta pm pushpa kamal dahal prachanda Sher Bahadur Deuba

विशेष