राजनीति

‘चैतमा स्थानीय तहको निर्वाचन’

‘चैतमा स्थानीय तहको निर्वाचन’
कात्तिक - २७ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुनसंरचनाको काम सकेपछि आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने गरी मन्त्रालयले तीव्ररुपमा गृहकार्य गरिरहेको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले ५६ जिल्लाबाट स्थानीय तह कतिवटा बनाउने भन्नेबारे सुझावसहितको प्रतिवेदन प्राप्त भइसकेको बताएका हुन् । 'पुनसंरचनाको काम टुङ्ग्याएपछि चैतमा स्थानीय तहको निर्वाचन हुन्छ,' उनले भने– 'पुनसंरचनाको काम छिटो सक्न मन्त्रिपरिषद्को बैठकले आयोगलाई निर्देशन दिइसकेको छ ।' चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाका नाका खोल्ने तयारीमा सरकार लागेको उनकाे भनाइ छ। भूकम्पपीडित जनताका लागि घर निर्माणलगायत सामग्री ढुवानीमा पनि सरकारले सहयोग गर्ने मन्त्री पाण्डेले बताए । विकासका योजनामा विनियोजित बजेट एक चौमासिक सकिनलाग्दा पनि खर्च नभएको भन्दै उहाँले विकासे अड्डाले कार्ययोजना बनाएर बजेट खर्च गर्नुपर्नेमा जोड दिए ।

Hitraj pandey

विशेष