राजनीति

संविधान कार्यान्वयनमा नेम्बाङको जोड

संविधान कार्यान्वयनमा नेम्बाङको जोड
कात्तिक - २७ । नेकपा (एमाले) स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले दलहरूको सहमतिका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । नेपाल सम्वत् ११३७ न्हुँद, तिहार र ल्होसार तथा छठ पर्वको उपलक्ष्यमा काठमाडौँ निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं ८ द्वारा शनिबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले संविधानले सबैलाई समेटे पनि सहमतिको आधारमा संशोधन गरेर केही असन्तुष्टिलाई सम्बोधन गर्नु पर्ने बताए । “संविधान जारी भइसकेको अवस्थामा अब त्यसको कार्यान्वयन गर्नु दलहरूको मूख्य दायित्व हो, कार्यान्वयन गर्नुको विकल्प नै छैन, त्यसका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ” – उनले भने । पूर्व सभामुख नेम्वाङले संविधान कार्यान्वयनको सुरुवातसँगै मुलुकले पहिलो महिला राष्ट्रपति र सभामुख पाएको चर्चा गर्दै नेपालको संविधान विश्वमै समावेशी संविधान भएको दाबी गरे । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले राजनीतिक स्थिरतासँगै संविधान कार्यान्वयन गरेर मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता औँल्याए। एमाले केन्द्रीय सदस्य सावित्रा भुसालले एमालेले सुरु गर्न लागेको संविधान कार्यान्वयन चार महिने अभियानमा सहभागिताका सागि अपिल गरिन् । नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ८ का अध्यक्ष राजेश शाक्यले नेपालीबीच फरक धर्म, जातजाति, भाषा, संस्कृति भएपनि एकले अर्कालाई अपमान गर्नेभन्दा पनि सम्मान गर्नुपर्ने धारणा राखे।

subash nembang

विशेष