अंगीकृतलाई प्रदेशको मुख्यमन्त्री नै बनाउने सरकारको तयारी
कात्तिक २८ । सरकारले अंगीकृत नागरिकलाई राज्यका प्रमुख चार पदमा नियुक्त हुन रोक लगाउने गरी संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराउने तयारी गरेको छ ।
यही महिनाभित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले जानकारी दियो । संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे ।
दाहालले शनिबार बिहान नेका सभापति शेरबहादुर देउवासँग भेटे । दिउँसो फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटे । देउवासँग संशोधन प्रस्तावमा सत्तारुढ दलबीच सहमति जुटाउने विक्षयमा छलफल भएको थियो । दाहालसँगको वार्तामा यादवले मोर्चासँग सहमति गरेरमात्रै संशोधन प्रस्ताव संसदमा दर्ता गराउने सुझाव दिए ।
वैवाहिक अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकाय प्रमुख बन्न रोक लगाउने गरी संविधान संशोधन गर्ने सरकारको तयारी छ । –नागरिक दैनिकबाट