राजनीति

माओवादीका पोलिटव्युरो सदस्यसहित ५० जना नेता कार्यकर्ता पक्राउ

माओवादीका पोलिटव्युरो सदस्यसहित ५० जना नेता कार्यकर्ता पक्राउ
कात्तिक २८ । नेपाल बन्द आह्वान गरेको विप्लव माओवादीका पोलिटव्युरो सदस्यसहित ५० जनाभन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । आइतबार बिहान पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनलाई रत्नपार्कबाट प्रहरीले पक्राउ गरेको छ । यसैगरी कोटेश्वरबाट राष्ट्रिय युवा जनस्वयमसेवक व्यूरोका अध्यक्ष झकबहादुर मल्ल (सुदीप)सहित ७ जना र कलंकीबाट अखिल क्रान्तिकारीका अध्यक्ष पुर्ण सिंह पक्राउ परेका छन् । कलंकीबाट विद्यार्थीका उपाध्यक्ष लालबहादुर तामाङ र महासचिव दिपेन्द्र चलाउने पनि पक्राउ परेका छन् । यसैगरी बालाजुबाट चन्द्र बुढासहितका विद्यार्थी नेताहरुलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको विप्लव माओवादीले जनाएको छ । कलंकीबाट सरोज भण्डारी, कृष्ण शाही, महेन्द्र तामाङ, सुर्य भुजेल, जीबन लामालगायत पनि पक्राउ परेका छन् । गएराति ११ बजे कलंकीस्थित होटल एडभेन्चरमा छापा मारेर प्रहरीले जीवन लामासहित ९ जनालाई पक्राउ गरेको विप्लव माओवादीले जनाएकाे छ । विप्लव माओवादीले खाद्य सम्प्रभुतासँग सम्बन्धित बिभिन्न मागहरु राखेर आइतबार नेपाल बन्द आह्वान गरेको छ ।

Banda biplop maobadi pakarau

विशेष