राजनीति

बन्दकर्ताहरुले गरे शान्ति बगैंचामा सरसफाइ

बन्दकर्ताहरुले गरे शान्ति बगैंचामा सरसफाइ
कात्तिक २८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता (बन्दकर्ता)हरुले आयोजना गरेको नेपाल बन्दका दिन अर्घाखाँचीकाे सन्धिखर्क शान्ति बगैंचामा सरसफाइ गरेका छन् । बिहानदेखि पार्टीको झन्डा सहित बजारका विभिन्न स्थानमा हिडिरहेका बन्दकर्ताहरुले शान्ति बगैंचामा रहेको चौपारी नजिकै भएको फोहोर बढारेर सरसफाइ गरेका छन् । उनीहरूले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि सन्धिखर्क बजारका पसलहरु पूर्ण रूपमा बन्द भएका छन् । बन्दकर्ताहरु बिहानैदेखि सदरमुकाम सन्धिखर्कका सड्कमा निस्केर बन्द गराउँदै हिडेपछी सन्धिखर्क लगायत ग्रामीण बजारहरु पनि बन्दभएका छन् । बिहानैदेखि गाउँबाट आउने गाडी र सन्धिखर्कबाट बुटवल, काठमाडौँ जाने गाडी बन्दका कारण आवतजावत गर्न नसक्ने भएपछि यात्रुहरु मर्कामा परेका छन् । सधैँ भिडभाड हुने सन्धिखर्कको मुख्य चोक शान्ति बँगैचा पनि बन्दको कारणले सुनसान भएको छ । एम्बुलेन्स, सुरक्षा, प्रेस, दूधका गाडिहरु मात्र सञ्चालनमा आएका छन् ।

arghakhanchi banda karta sandhikharka shanti barikama sarasafai

विशेष