राजनीति

तरुण दलकाे बन्दसत्र सुरु

तरुण दलकाे बन्दसत्र सुरु
कात्तिक २८ ।  नेपाल तरुण दलको शनिबारदेखि यहाँ सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत अाइतबार पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ । बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा युवासँग सम्बन्धित सबै समस्याको समाधान गर्न आवाज उठाउने तरुण दल वर्तमानको आवश्यकता रहेको बताए । बन्दसत्रमा राजनीतिक, आर्थिक र अन्य समसामयिक विषयमा छलफल गरिनेछ । बन्दसत्रमा युवाकेन्द्रित समसामयिक विषय र दलको आगामी कार्ययोजना प्रस्तुत गरिने तरुण दलका केन्द्रीय सदस्य जनमेजय तिमिल्सिनाले बताए । महाधिवेशनका लागि देशभरबाट आएका एक हजार ४०० प्रतिनिधि बन्द सत्रमा सहभागी छन् ।

nepal tarun dal Pokhara tarun dal ko banda satra suru

विशेष