राजनीति

संघीय गठबन्धनले भन्यो, ‘ओली सरकार ढाल्नु ठूलो उपलब्धी’

संघीय गठबन्धनले भन्यो, ‘ओली सरकार ढाल्नु ठूलो उपलब्धी’

sanghiya

कात्तिक २९ । संघीय गठबन्धनले सहमतिका आधारमा १५ दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता नगरिए आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई गठबन्धनका संयोजक उपेन्द्र यादवले एक स्मरण पत्र बुझाउँदै यस्तो चेतावनी दिएका हुन् । स्मरण पत्रमा गठबन्धनको आन्दोलनको एक उपलधीका रुपमा ‘केपी ओली सरकार पतन’ हो भन्ने उल्लेख छ । ओली सरकार ढालेर बनेको वर्तमान सरकारमा गठबन्धनको सहमति भएका कारण पनि वर्तमान सरकारले आफ्ना माग पूरा गर्न बढी जिम्मेवार हुनु पर्ने भन्दै पत्र बुझाइएको छ । विगतमा वर्तमान सरकारले गरेका वाचाहरु पनि कार्यान्वयन नभएकोले सरकार आफ्नै पूर्ववर्ती सहमतिबाट पनि पछि हटेको आरोप गठबन्धनले लगाएको छ ।

विशेष