तरुण दलको भाग बन्डा मिल्यो, अध्यक्षमा बस्नेत

कात्तिक - ३० । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा तीन पक्षबीच भागबन्डा मिलेको छ ।
पोखरामा जारी तरुण दलको चौथो महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला चार पक्षबीच तरुण दल पदीय भागबन्डा मिलेको हो । भागबन्डाअनुसार अध्यक्ष संस्थापन पक्षलाई, महामन्त्री पौडेल पक्षलाई, उपाध्यक्ष सिटौला समूहलाई तथा कोषाध्यक्ष खड्का समूहले पाएका छन् ।
संस्थापन पक्षले तरुण दलको अध्यक्ष नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई बनाउने यसअघि नै निर्णय लिइसकेको छ भने पौडेल र सिटौला पक्षले भने महामन्त्री र उपाध्यक्षमा कसलाई पठाउने भन्ने निर्णय लिएको छैन । नेता खड्का समूहले पनि कोषाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय लिएको छैन ।
नेताहरुबीच पदीय भागवन्डा मिलेकाले साँझसम्म तरुण दलको नयाँ नेतृत्वको औपचारिक घोषणा हुनेछ ।
jitjung basnet
Nepali Congress
Tarun Dal