राजनीति

छिट्टै सरकार परिवर्तन हुन्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

छिट्टै सरकार परिवर्तन हुन्छ : नेमकिपा अध्यक्ष बिजुक्छें
कात्तिक ३० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अब छिट्टै सरकार परिवर्तन हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले भारतकै इसारामा संविधान संशोधनका लागि वर्तमान नेतृत्वको सरकार निर्माण भएको भन्दै अब नयाँ सत्ता समिकरणमा काङ्ग्रेस लागेको बताए । हरेक प्रधानमन्त्रीको परिवर्तनसँगै भारतीय नागरिकले नागरिकता पाउने परम्परा रहेको र यसबाट प्रचण्ड समेत अछुतो रहन नसकेका भन्दै संविधान संशोधन गर अङ्गीगकृत नागरिकलाई देशको प्रमुख पदको जिम्मेवारी सुम्पने योजना विफल हुने र संविधान संशोधन तत्काल हुन नसक्ने उनको भनाइ छ । उनले मधेस आन्दोलनका नेतृत्वको वास्तविक माग थाहा पाएका मधेसका जनता समेत नागरिकताको सवालमा संविधान संशोधन नगर्ने पक्षमा रहेको बताए । ‘प्राधिकरणमा लोडसेडिङ अन्त्यको कोसिस भइरहँदा विभिन्न बहाना उनीहरू भारतको गुण तिर्न लागेका छन्’, उनले भने, ‘ऊर्जालाई कब्जा गरी अदृश्य ऊर्जामा पनि नाकाबन्दी गरियो ।’ नेपालको कुटनीतिक पक्ष इतिहासमै कमजोर रहेको भन्दै बिजुक्छेंले भारतका लागि राजदूत नियुक्ति गरिएका व्यक्ति गलत रहेको बताए । उनले केही दिनअघि आएको अभिव्यक्ति कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको पनि दाबी गरे ।

narayan bijukchhe nemakida adhakshya sarkar paribartan hunxa

विशेष