राजनीति

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैतमा हुने

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन चैतमा हुने
कात्तिक ३० ।  माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन आगामी चैतमा हुने भएको छ । सम्मेलन चैत ३ गते काठमाडौंमा गर्ने पदाधिकारी बैठकले निर्णय भएको हो । काठमाडौंमा तीन दिनसम्म बसेको क्रान्तिकारीको पदाधिकारी बैठकले चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलनले पहिलोपटक प्रत्यक्ष मतदानबाट नेतृत्व छान्ने निर्णय पनि गरेको छ । त्यस्तै ५ जना उपाध्यक्ष खुल्ला, ४ जना उपाध्यक्ष समावेशी क्लस्टर(छात्रा, जनजाति, मधेसी, दलित) र २ जना उपाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै ७ प्रदेशबाट ७ जना, समावेशी क्लस्टरबाट ६ जना, विश्वविद्यालयबाट १ जना, खुल्ला २ जना र मनोनित ३ जनासहित १९ जना सचिव चुनिनेछन् । १ जना कोषाध्यक्ष हलबाट प्रत्यक्ष निर्वा्चित हुनेछन् । क्रान्तिकारीले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारीलाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेको छ । सम्मेलन, स्ववियु निर्वाचन र संगठन सुदृढीकरणका लागि भन्दै मंसिर ५ देखि पुस १५ गतेसम्म क्रान्तिकारी विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Akhil Krantikari nekapa maobadi

विशेष