सरकारकाे आयु पाँच महिना बाँकीः कमल थापाको पार्टी पनि जाने भयो सरकारमा
मंसिर १ । राप्रपासँगको एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रतिपक्षमा एमाले एक्लिदै गएको छ । संसदको चौथो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रसासँगको एकीकरण पनि तय भएको छ ।
राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा थप मन्त्री पठाउने विद्यायमा नेताहरुबीच गोप्य सहमत भएको स्रोतले बताएको छ । यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ मा एकता घोषणाको मिति सार्वजनिक गरेका छन् ।
हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ । साउन २५ मा एकीकरणको अन्तिम चरणमा पुगेका बेला राप्रपाले सरकारमा पठाएका मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने र नपर्ने विषयमा विवाद भएपछि एकीकरण स्थगित भएको थियो । अन्नपूर्ण पोस्ट्बाट