राजनीति

सांसदकाे निधनप्रति गहिरो शोक व्यक्त

सांसदकाे निधनप्रति गहिरो शोक व्यक्त
मंसिर - १ ।  व्यवस्थापिका–संसद्को बुधबारको बैठकले नेकपा (माओवादी केन्द्र)का सांसद भक्तिप्रसाद पाण्डेप्रति गहिरो शोक व्यक्त गर्दै सकिएकाे छ । रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य पाण्डेको फोक्सोको अर्बुद्ध रोगको उपचारका क्रममा कात्तिक २८ गते साँझ ६२ वर्षको उमेरमा ललितपुरको क्यान्सर अस्पतालमा निधन भएको थियो । सभामुख ओनसरी घर्तीले सदनको बुधबारको बैठकमा शोक प्रस्तावलाई प्रस्तुत गरेकी थिएन् । बैठकमा सांसदहरुले उठेर एक मिनेट मौनधारण गर्दै स्वर्गीय पाण्डेको दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेकी थिइन् । सो शोक प्रस्तावमा स्वर्गीय पाण्डेले विसं २०२७ मा पुष्पलाल समूहबाट नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिई विसं २०२८ को हर्रेबर्रे काण्डको नेतृत्व गरी सशस्त्र युद्धमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकाे उल्लेख गरिएको छ । स्वर्गीय पाण्डे विसं २०५७ मा नेकपा माओवादीको केन्द्रीय सदस्य रहेका र हाल नेकपा (माओवादी केन्द्र)को तर्फबाट विसं २०७० को संविधानसभा निर्वाचनमा रुपन्देही जिल्लाबाट समानुपातिक सदस्य थिए । व्यवस्थापिका–संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा आलीको उपस्थिति रहेको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही मङ्सिर ३ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

samsad baithak

विशेष