राजनीति

पार्टी एकीकरणका लागि संयुक्त बैठक

पार्टी एकीकरणका लागि संयुक्त बैठक
मंसिर-१ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको संयुक्त बैठकले दुबै पार्टी एकीकरणका लागि यही मङ्सिर ६ गते गरिने घोषणा सभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ । धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२-१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०-१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ । त्यसैगरी एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिने बारेमा समेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी थिए ।

Raprapa Nepal rastriya prajatanktra party

विशेष