महाधिवेशनले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाएको छ – मन्त्री खाँण
मंसिर - १ । नेपाल तरुण दलका केन्द्रीय निर्देशन समितिका संयोजक बालकृष्ण खाँणले पोखरामा सम्पन्न दलको चाैँथो राष्ट्रिय महाधिवेशनले पार्टीको एकतालाई थप सुदृढ बनाएको बताएका छन् ।
महाधिवेशनबाट गरिएको नेतृत्व चयनलगायतका विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको आन्तरिक एकता मजबुत बन्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी पार्टी नेतृत्व र प्रतिनिधिको भावनालाई मनन गरी सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी दिए।
उनले महाधिवेशनमा अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित भई विधान संशोधनलगायतका प्रस्ताव निर्देशन समितिमा पठाउने निर्णय भएको र महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएकोमा तरुण दलका केन्द्रीय अध्यक्ष एवम् सदस्य, सहभागी प्रतिनिधि सबैलाई धन्यवाद व्यक्त गरे ।
उनले नेपाल तरुण दलको विधान (संशोधित र परिमार्जित) बमोजिम दलको केन्द्रीय समितिका बाँकी पदाधिकारी र सदस्यको चयन केन्द्रीय निर्देशन समितिको आगामी बैठकबाट गरिने जानकारी दिए ।
रक्षामन्त्री एवम् तरुण दलका पूर्व अध्यक्षसमेत रहनुभएका नेता खाँणले काठमाडाैँ फर्केलगत्तै पोखरामा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्यलाई तीव्रताका साथ अघि बढाउन पहल गर्ने विश्वास व्यक्त गरे ।
निर्देशन समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः जीतजङ्ग बस्नेत (ललितपुर), उत्तम चापागार्इँ (भोजपुर), भूपेन्द्रजङ्ग शाही (कालीकोट) र विद्वान गुरुङ (पर्वत)लाई सर्वसम्मत चयन गरेको छ ।
चाैँथो महाधिवेशनबाट नवगठित नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले समाजमा विद्यमान विकृति विसङ्गतिका विरुद्धमा सङ्घर्ष गर्दै आगामी दिनमा नवीनतम सोचका साथ दलको सङ्गठन देश र समाजको हितमा क्रियाशील बन्ने धारणा राखे ।
नेपाल तरुण दलका निवर्तमान अध्यक्ष उदयशम्शेर राणाले पोखरा महाधिवेशनलाई सम्पन्न गराउन महत्वपूर्ण सहयोग गर्ने पार्टी सभापतिसहित दलका नेता, निर्देशन समितिका संयोजक एवम् सदस्य, कार्यसमितिका सदस्य, सञ्चारकर्मी सबैमा आभार व्यक्त गरे । रासस
bal krishna khand