राजनीति

एमाले र माओवादी केन्द्रका अध्यक्षबीच कुराकानी

एमाले र माओवादी केन्द्रका अध्यक्षबीच कुराकानी
मंसिर - १ । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बीचमा बुधबार अपराह्न सो विषयमा कुराकानी भएको हाे। उनीहरुहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिए। प्रधानमन्त्री प्रचण्डले भने– “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो । उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।” मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम्’ दिएपछि सो विषयमा सहमति जुटाउन उनले सत्तारुढ घटक नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेतृत्वसँगको छलफललाई तीव्र बनाइरहेका छन् । मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ ।

KP Sharam Oli puspakaml Dahal prachanda

विशेष