राजनीति

६२ वटा जिल्लाको पुनःसंरचना भइसक्याेः मन्त्री पाण्डे

६२ वटा जिल्लाको पुनःसंरचना भइसक्याेः मन्त्री पाण्डे
hitraj-pandeyमंसिर - १  । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बबताएका हुन् । उनले भने, “अहिलेसम्म ६२ वटा जिल्लाको पुनःसंरचना भइसकेको छ । आयोगका अनुसार बाँकी जिल्लाहरुमा तीव्र गतिमा काम भैरहेकाले छिट्टै टुङगो लाग्छ ।” मन्त्री पाण्डेले आयोगलाई चाँडो काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिइएकामा यसै हप्ता वा मङ्सिरको दोस्रो हप्ताभित्रै प्रतिवेदन बुझाउने जवाफ आएको जानकारी दिए । संविधान संशोधनको प्रस्ताव सहमति गरेरै संसदमा दर्ता गर्न विभिन्न दलका शीर्ष नेतासँग वार्ता भइरहेको उनले बताए । मन्त्री पाण्डेका अनुसार संशोधन प्रस्ताव पारित हुने गरी प्रधानमन्त्रीले गृहकार्य जारी राखेका छन् । उनले भने, “मधेसी मोर्चाले समय लागे पनि संशोधन प्रस्ताव पारित होस् भन्ने चाहना राखेकाले सहमतिको प्रयास भैरहेको छ ।” रासस

Hitraj pandey

विशेष