राजनीति

राप्रपा एकीकरण : नेपाललाई हिन्दू राष्ट्र बनाउने एजेण्डा

राप्रपा एकीकरण : नेपाललाई हिन्दू राष्ट्र बनाउने एजेण्डा
pashupati-shumsher-rana मंसिर - १ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताएका छन्। भक्तपुरमा  सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेण्डामा सहमति भइसकेको बताएका हुन्। दुई राप्रपाबीच अब केही दिनमै पार्टी एकीकरण हुने बताउँदै उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने राजनीतिक एजेण्डामा दुवै दल सहमत भएको उल्लेख गरे। अध्यक्ष राणाले पार्टी एकीकरणसँगै पदीय बाँडफाँडसमेत मिलिसकेको दाबी गर्दै भने–‘पार्टी एकीकरणपछि म पार्टी निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष हुने गरी सहमति भएको छ ।’ अध्यक्ष राणाले सरकारले तत्कालै पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गरेर मात्रै राज्यको पुर्नसंरचनामा लाग्नुपर्ने बताउँदै हतारमा राज्य पुनःसंरचना गरे पछुताउनुपर्ने तर्क राखे । रासस

Pasaupati samser rana Raprapa Nepal

विशेष