राजनीति

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
मंसिर - १ । राष्ट्रिय जनमुक्ति पार्टीले सरकारले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले वर्तमान सरकारले पनि विगतका सरकारले झैँ कुनै काम नगरेको भन्दै दिएको समर्थन फिर्ता लिएको बताएका हुन् । उनले भने, “संविधानमा आउनुपर्ने विषय आएनन् अधिकांश जनताले यो संविधान स्वीकार गरेका छैनन् । सभामुखलाई ज्ञापनपत्र बुझाएका छौँ । संविधान संशोधनको कुरा चलेको छ । हामीले २६ बुँदे माग प्रधानमन्त्री कार्यालयमा पनि दर्ता गराएका छौँ ।” संविधानमा जातीय ऐतिहासिक पृष्ठभूमि÷थातथलो र पहिचान एवम् सामथ्र्यका आधारमा एकल जातीय बाहुल्यता भएको प्रदेश निर्माण हुनुपर्ने, सङ्घीयताको मूल मर्म अवशिष्ट अधिकार प्रदेशमा हुनुपर्ने, बेरोजगारलाई भत्ताको व्यवस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेसीलगायतका महिलाको पहिचान हुनेगरी संवैधानिक व्यवस्था गरिनुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छ । साथै, अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई राष्ट्रको ढकुटीबाट स्वास्थ्य उपचारका नाममा करोडौँ खर्चिने परिपार्टी अन्त्य हुनुुपर्ने, कालोबजारी र अनियन्त्रित महँगी नियन्त्रित हुनुपर्ने माग राखिएको छ । रासस

Rastriya Janamukti party

विशेष