ताजा खबर राजनीति

तीन दलको बैठक बालुवाटारमा जारी, संविधान संशोधनमा केन्द्रित

तीन दलको बैठक बालुवाटारमा जारी, संविधान संशोधनमा केन्द्रित

prachanda-sher-bahadur-nepalaaja


मंसिर २ । संविधान संशोधन र मधेशका मागलाइ सम्वोधन गर्ने बिषयमा छलफल गर्न अहिले तीन दलको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताको सहभागिता रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेशी मोर्चाले आफ्ना माग पुरा गर्न १५ दिने अल्टिमेटम दिएपछि दबाव बढेका कारण आज तीन दललाई छलफलमा बोलाएका हुन् । छलफल मधेशका मागका बिषयमा गम्भीर हुनुपर्ने माओवादी केन्द्रको धारणा रहेपनि एमालेले भने संसोधनको औचित्य प्रष्टयाउन आग्रह गर्दे आएको छ । प्रधानमन्त्री दाहालले सहमतिबाटै संसोधन अघि बढाउने बताउँदै आएका छन् भने एमालेले मधेशीका मागलाइ पुर्णरुपमा पालना गर्न नसकिने बताएको छ ।

tin daal

विशेष