राजनीति

संविधान संशोधनको विषय धेरै लम्ब्याउन हुँदैनःडा भट्टराई

संविधान संशोधनको विषय धेरै लम्ब्याउन हुँदैनःडा भट्टराई
मंसिर - २ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनको विषय धेरै लम्ब्याउन नहुने बताएका छन् । पार्टीको प्रवासी सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलद्वारा बुधबार लिस्बनमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता डा भट्टराईले सरकारमा रहेका र आन्दोलनमा रहेका सबै दल एक ठाउँमा आएर जति सक्दो छिटो संविधान संशोधन गरी समाधान दिनुपर्नेमा जोड दिए । देशमा श्रमको उचित सम्मान नभएकै कारण लाखौं युवा श्रमको खोजीमा विदेशमा भौँतारिनुपर्ने बाध्यता आएकाले यसको अन्त्य गर्न विदेशमा सिकेका सीपलाई उद्यमशीलता मार्फत देशको विकास र समृद्धिमा सबै प्रवासी नेपालीलाई लाग्न उनले आग्रह गरे । रासस

Baburam Bhattari

विशेष