राजनीति

आचारसंहिता विपरीत बनेका घर भत्काइने

आचारसंहिता विपरीत बनेका घर भत्काइने
Arjun-narsing-kcमंसिर - २ । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले आचारसंहिता विपरीत बनेका घर भत्काइने चेतावनी दिएका छन् । पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (सिटी रेबान)द्वारा आजदेखि पोखरा रङ्गशालाको प्राङ्गणमा सुरु भएको पाँचौँ सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको उद्घाटन गर्दै उनले जथाभाबी बनाइएका घर ३५ दिनभित्र आफैँ नभत्काए आफू जो कोहीको राजनीतिक दबाबमा नपर्ने बताए । नियम विपरीतका काम कसैको प्रलोभन र कुनै पनि शक्तिले प्रभावित पार्न सक्दैन भन्दै मन्त्री केसीले सरकारले जनताको भावनानुसार निर्णय गर्ने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासको काम अब छिट्टै अघि बढ्ने बताउँदै पोखरा र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा उपत्यका प्राधिकरणको गठन गरी गुरुयोजना बनाएर समग्र विकास गरिने जानकारी गराए। सो अवसरमा सांसद शारदा पौडेलले महोत्सवले पर्यटन व्यवसाय फस्टाउनाका साथै पोखराको चिनारी गराउन टेवा पुग्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन अघि नबढ्ने विचार व्यक्त गरे । महोत्सव यही मङ्सिर १२ गतेसम्म चल्नेछ ।

Arjun Narsing Kc

विशेष