ताजा खबर राजनीति

विधेयकमा भएको व्यवस्थाभन्दा दोब्बर तलवसुविधा माग्दैछन् सांसदहरु

विधेयकमा भएको व्यवस्थाभन्दा दोब्बर तलवसुविधा माग्दैछन् सांसदहरु

samsad-nepalaaja


मंसिर ३ । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा बृद्धि गर्न सदनमा पेश गरेको विधेयकमा चित्त नबुझाएका केही सांसदले प्रस्तावितभन्दा दोब्बर सुविधाका लागि संशोधन दर्ता गराएका छन् ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र साना दलका ११ सांसदले दर्ता गराएको ७ वटा संशोधन प्रस्तावमा सांसदहरुको बैठक भत्ता दोब्बर गर्नुपर्नेदेखि दसैं खर्च र भन्सार छुटको गाडी सुविधासम्मका प्रस्ताव छन् ।

दुई दशकदेखि सांसदको सेवा सुविधा पुनरावलोकन नभए पनि विधि निर्माताले आफ्नो सुविधा आफैं बढाउनु हुँदैन भन्ने मत राख्दै सुविधा कटौतीको प्रस्ताव दर्ता गराउने कोही पनि छैनन् । विकसित देशमा विधि निर्माता र कार्यकारी प्रमुखले अर्को कार्याकालका लागि निर्वाचित भएर आउने पदाधिकारीको लागि मात्रै सुविधा बृद्धिसम्बन्धी निर्णय गर्ने लोकतान्त्रिक अभ्यास छ ।

कान्तिपुर दैनिक

 

Samsad

विशेष