झलनाथ खनाल भन्छन्, ‘संविधानमा ह्रश्व दीर्घ पनि फेरिँदैन, संशोधन त नसोचे पनि हुन्छ’
मंसिर ३ । एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन त के उपरेफ पनि परिवर्तन नहुने बताएका छन् । एमालेको भातृ संगठन प्रृस चौतारी झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा संशोधनको हल्ला औचित्यहीन भएको टिप्पणी गरे । वर्तमान सरकारले विभिन्न बखेडा झिकेर चुनाव लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै उनले अहिलेको अवस्थामा संविधान संशोधनको कुनै औचित्य नरहेको प्रस्ट पारे । संविधान संशोधन केका लागि र किन भन्ने प्रष्ट नभई एमालेले त्यसमा सहमति नगर्ने उनले बताए । अन्नपूर्ण पोस्ट्बाट