सामाजिक सञ्जाल

फेसबुकले आफ्नै मालिक मरेको घोषणा गरेपछि....

फेसबुकले आफ्नै मालिक मरेको घोषणा गरेपछि....

mark मंसिर ३ । फेसबुकले आफ्नै मालिक मरेको घोषणा गरेको छ । गत शुक्रबार फेसबुकमा आएको समस्याले मालिक मार्क जुकरबर्गको निधन भएको र उनलाई श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको छ ।

जुकरबर्गको प्रोफाइलमा फेसबुकले प्रयोगकर्तालाई सम्झिदै उनको नाममा भावपूर्ण श्रद्धाञ्जलिसहितको म्यासेज देखाइएको थियो ।फेसबुकले जुकर्रगको प्रोफाइल माथि ‘मार्कलाई मन पराउने जो कोहिले पनि आफूसँग भएको कुनै पनि वस्तुलाई अरुको हितमा प्रयोग गर्न सकेमा उनको आत्मालाई शान्ति मिल्नेछ’ भन्ने सन्देश देखाएको थियो ।

फेसबुकका मालिक जुकरबर्गमात्र नभएर धेरै फेबुक प्रयोगकर्ता यसको सिकार भएका छन् । जिउँदो मानिसको प्रोफाइलमा निधन भएको र निधनमा फेसबुकले श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको थियो ।

आफ्नो प्रोफाइलमा यस्तो समस्या देखापरे पश्चात कतिपय फेसबुक प्रयोगकार्ताले ‘म मरेको छैन’ भन्ने स्टेटस नै राखेको पाइएको छ । यो बिषयलाई लिएर फेसबुकका प्रवक्ताले ठूलो गल्ती भएको र यो समस्याको समाधान भइसकेको बताएका छन् । साथै उनले यो समस्यालाई लिएर माफी मागेका छन् । ‘म र फेसबुक परिवारका तर्फबाट माफिसमेत माग्छु’, उनले भने ।

Facebook Mark Jugbark

विशेष