विचित्र विश्व

१९ वर्षीया महिलाको पेटमा जिसस क्राइस्टको बच्चा ! [भिडियोसहित]

१९ वर्षीया महिलाको पेटमा जिसस क्राइस्टको बच्चा ! [भिडियोसहित]
pagnaent
जिसस क्राईस्टको मृत्यु हजारौँ वर्ष पहिले भएको थियो । तर, एक महिलाले उनको गर्भ बोकेको दाबी गरेकी छन् । सन् ३० मा क्रुसिफिक्सिएन गरी मारिएका क्राईस्टको यतिबेला उनको बच्चाको जन्म कसरी हुन सक्ला ? अमेरिकी एक युवतीले यही दाबी गरिरहेकी छिन् कि उनको गर्भमा जिसस क्राईस्टको बच्चा रहेको छ । १९ वर्षकी हेलीले आफू ९ महिनाकी गर्भवती रहेको र जिससको बच्चा रहेको भन्दै सबैलाई आश्चर्यमा पारेकी हुन् । उनीले अमेरिकाको चर्चित टेलिभिजन शो द फिलमा दुनियालाई चकित पार्ने गरी उक्त कुरा भनेकी हुन् । तर, उनको त्यस्तो दाबीलाई उनकै परिवारले झुटो भनिरहेको छ । यता हेली भने आफ्नो गर्भमा जिससको नै बच्चा भएको दाबी गर्छछिन् । उनका अनुसार एकरात एक्कासी कसैले उनको पेटमा लात्ताले हान्यो र उनले आफ्नो पेट छुँदा नाइटोको मुनिपट्टि बच्चाको शिर जस्तो वस्तु अनुभव गरिन् । गर्भमा रहेको बच्चाले गरिरहेका क्रियाकलापहरु आफूले महसुस गरिरहेको र छिट्टै भगवान्को बच्चालाई जन्म दिने उनको भनाई छ । डाक्टर तथा अल्ट्रासाउण्ड रिपोर्टका अनुसार उनले गर्भधारण गरेकै छैनन् । यसको मतलब उनको कुरामा कुनै मेडिकल प्रुफ रहेको छैन । तर हेलीको पेट भने साँच्चीकै ९ महिनाकी गर्भवतीको जस्तै फूलेको छ । उनको पेटको आकार र पेटमा हुने दुखाई र महसुस भने पेटमा जम्मा हुने ग्यास गोलाको कारणले रहेको डाक्टरहरु बताउँछन् । उनकी आमा क्रिस्टीले पनि छोरी झुटो बोलिरहेको बताउँछिन् । हेली झुटो बोल्न माहिर भएको आमा क्रिस्टी बताउँछिन् । तर हेली भने आफू जिससको बच्चा जन्माउन लागेकी कुरामा नै अड्डी छिन् । उनीले कसैको कुरामा विश्वास गर्न चाहेकी छैनिन् । - एजेन्सी

Health woman Woman

विशेष