राजनीति

संविधान संशोधन प्रस्ताव चाँडै दर्ता गरिने

संविधान संशोधन प्रस्ताव चाँडै दर्ता गरिने
prachanda-nepalaaja
मंसिर–३ । सरकारले केही दिनभित्रै प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले प्रमुख तीन दलका बीचमा भएका छलफलका विषयका आधारमा सरकारले उक्त तयारी गरेको हो । संविधान संशोधनका लागि नियमित परामर्शमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग चाँडै संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा सरकार रहेको बताएका थिए । तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग आज भएको छलफलमा सरकार असन्तुष्ट पक्षका मागको सम्बोधन गर्न तयार रहेको आफूले पाएको  बताए । 'प्रधानमन्त्रीले केही दिनभित्र संशोधन प्रस्ताव दर्ता गर्ने विश्वास दिलाएका छन्,' उनले भने। संविधानको अन्तर्वस्तुका विषयमा असन्तुष्टि राख्दै आएका मधेसकेन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्न ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराइएको थियो । प्रमुख तीन दलबीच संविधान संशोधनकै विषयलाई लिएर पटक पटक बहुपक्षीय तथा द्विपक्षीय छलफल भइरहेको छ । रासस

Mahanta Thakur Prachanda sambidan samsodhan

विशेष