राजनीति

सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव हुन्छः अध्यक्ष ओली

सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव हुन्छः अध्यक्ष ओली
मंसिर - ३ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन् । एमाले काठमाडाैँ जिल्ला सङ्गठन कमिटीले यहाँ शुक्रबार नेपाल संवत् ११३७ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अाेलीले सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव अपरिहार्य भएको बताउँदै चुनाव हुनेमा कुनै शङ्का नगर्न आग्रह गरे । “अहिले भइरहेका षड्यन्त्र असफल बनाएर एमालेले चुनाव गराउँछ”– उनले भने, “चुनाव हुन्छ, यसमा कुनै शङ्का छैन ।” पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश अगाडि बढ्न कसैले पनि रोक्न नसक्ने भन्दै विकासका लागि देश अगाडि बढिसकेको बताए । उहाँले राष्ट्रिय एकता र देशको हितका पक्षमा काम गर्ने पार्टी एमाले भएको धारणा राखे। कार्यक्रममा सांसद रामवीर मानन्धर, कमिटीका अध्यक्ष कृष्ण राईले नेपाल संवत्को शुभकामना दिँदै चुनाव केन्द्रित अभियानमा लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

KP Sharma Oli

विशेष