कामकुरो एकातिर महाभियोग छाडेर सभामुख भने रुसतिर
मंसिर ५ । सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एक महिनाअघि संसदमा दर्ता महाभियोग प्रस्तावमाथि जारी छलफल आइतबार सक्ने विश्वास व्यक्त गरे पनि त्इो सम्भावनाभन्दा धेरै टाढा देखिएको छ ।
महाभियोग प्रस्तावमाथिको छलफलमा ५१ जना सांसदले मात्र बोलेका छन् । संसद सचिवालय स्रोतका अनुसार झन्डै ३ सय सांसदले बोल्ने तयारी गरेका छन् । कात्तिक ३ मा दर्ता भएको प्रस्तावमाथि एक महिनामा ४ दिन मात्रै छलफल भएको छ ।
सभामुख घर्तीमगरे आइतबार साँझ रुस भ्रमणमा जाने भएकोले सोही दिन सकेर महाभियोग प्रस्तावलाई समितिमा पठाउने तयारी रहेको बुझिएको छ । त्यसका लागि आफूले प्रमुख दलका नेतासँग छलफल गरिरहेको जानकारी सभामुख घर्तीमगरले दिएकी छिन् । अन्नपूर्ण पोस्ट्बाट