राजनीति

नेताले नै सके ४ अर्ब रुपैयाँ

नेताले नै सके ४ अर्ब रुपैयाँ

neta-money

मंसिर–४ । दास्रो जनआन्दोलन २०६२\६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा करिब ४ अर्ब रुपैयाँ आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।

सरकारबाट आर्थिक सहायता तथा औषधि उपचारको नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि वरिष्ठ नेतासम्म छन् । सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता तथा कार्यकर्तालाई रकम वितरण गर्दै आएको छ ।

दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल (दुईपटक), माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओली नेतृत्वका सरकार प्रत्येकले नियम मिचेर ठूलो रकम आफ्ना नेता तथा कार्यकर्तालाई आर्थिक सहायता र उपचार खर्चका नाममा वितरण गरेका हुन् ।

व्यवस्थापिका संसद्को अर्थ समितिले पटकपटक नियम मिचेर रकम वितरण नगर्न निर्देशन दिँदासमेत सरकारले कार्यकर्ता र नेतालाई मनपरी रकम बाँड्न छाडेको छैन । –नागरिक दैनिकबाट

विशेष