मेरो परिवार मेरो कथा

कञ्चनको एकाहोरो कुरा सुनेर कति गाली गर्ने, पूर्वपति मोहन रेग्मीले खोले भित्री कुरा

कञ्चनको एकाहोरो कुरा सुनेर कति गाली गर्ने, पूर्वपति मोहन रेग्मीले खोले भित्री कुरा

mohan-regmi


मंसिर ५ । पतिले घरबाट निकालेर सडकमा पुर्‍याइएकी भनिएकी कञ्चन शर्मा रेग्मीका पूर्वपति मोहन रेग्मीले घटनाबारे पहिलो पटक सनसनीपूर्ण अन्तर्वार्ता दिएका छन् ।

खानेपानीका इञ्जिनियर रहेका रेग्मीले नेपाल आजसँगको अन्तर्वार्ताका क्रममा कञ्चन रेग्मीसँगको सम्बन्ध, खटपट, सम्बन्ध विच्छेद आदिबारे खुलासा गरेका छन् । २०४७ साल असार ३ गते विवाह बन्धनमा बाँधिएका मोहन र कञ्चनबाट दुई छोरा सागर र दीपेन्द्र जन्मेका छन् । ती दुई मध्ये एक भारतको बैंग्लोरमा इञ्जिनियरिङको अन्तिम वर्षमा छन् । भने अर्का छोरा काठमाडौंमै बिएससीआइटीको अध्ययन गरिरहेका छन् ।

विवाह भएको २१ वर्षपछि उनीहरुबीच औपचारिक रुपमा सम्बन्ध विच्छेद २०६८ साल फागुन २ गते भएको थियो । तर कञ्चनले ललितपुरस्थित टीकाथली घर २०६६ सालमा छाडेकी थिइन् । कञ्चनले पूर्वपति मोहन रेग्मी र छोराहरुले समेत वेवास्ता गरेको भन्ने सनसनीपूर्ण अन्तर्वाता कान्तिपुर टेलिभिजनमा पत्रकार सुमन खरेललाई दिएकी थिइन् । सो अन्तर्वार्तापछि सामाजिक सञ्जालमा मोहन रेग्मी परिवारविरुद्ध मानिसहरुले गाली वर्षाइरहेका छन् । कतिपयले घटनासँग नजोडिएका मानिसहरुको समेत फोटो सामाजिक सञ्जालमा राखेर अञ्जानमै अपराध गरिरहेका छन् ।

कञ्चन रेग्मीको कथा नेपाल आज डटकमले करिब पाँच महिना अघि पनि प्रकाशन गरेको थियो । पछिल्लो समय कान्तिपुर टेलिभिजनमा उनले अन्तर्वार्ता दिँदा विभिन्न विषयमा बोलेकी छन् । जुन सत्यता भन्दा धेरै पर रहेको पाइयो । अन्तर्वार्ताका क्रममा कञ्चनका पूर्वपति मोहन रेग्मीले दिएका जानकारीहरुबाट वास्तविकता के हो र अहिले सामाजिक सञ्जालमा के भइरहेको छ बुझ्न सजिलो हुने अपेक्षा गरिएको छ ।

kanchan-mohan-divorce-nepalaaja-02


kanchan-mohan-divorce-nepalaaja-01


माइती छैनन् हैन, कञ्चनका ४ दाजुभाइ र ४ दिदीबहिनी नै छन् कञ्चनले आफ्नो विवाह दिदीले गरिदिनु भएको र माइती छैनन भनेकी छन् । छोरीमान्छेका लागि माइती भनेको आमाबुवा हुन् । आमाबुबापछि दाजुभाइ हुन् । माइती छैनन् भन्नुको मतलव सामान्यतः दाजुभाइ छैनन् भन्ने हो । तर वास्तविकता फरक छ । कञ्चनका दुई जना दाजु छन् । दुई जना भाइ छन् । कञ्चनका एक भाई सुभाष शर्मा अमेरिकामा बस्छन् । दाईहरु शम्भु न्यौपाने, उज्वल न्यौपाने, अशोक शर्मा नेपालमै छन् ।

यीनीहरुको आर्थिक अवस्था राम्रो रहेको छ । कञ्चनका तीन दिदीबहिनीहरु पनि छन् । उनीहरुको आर्थिक अवस्था राम्रो छ । त्यो भन्दा महत्वपूर्ण कुरा त कञ्चनकी आमा छायाँ शर्मा जीवीतै छन् । यसअर्थ कञ्चनको दयालाग्दो अनुहारलाई हेरेर मानिसहरुले उनको कुरा पत्याए । तर कञ्चनले भनेका अझै खतरानक झुठहरु पनि बाहिरिएका छन् ।

छोरा टक्सन गाडीमा सडकको वास हुँदा छोराहरु टक्सन गाडी चढेर आउँने र हात हल्लाएर बाइबाइ गर्दै जाने गरेको उनले बताएकी छन् । यथार्थमा उनको जेठा छोराको उमेर भर्खर २० वर्ष भएको छ । पूर्वपति मोहन रेग्मीले अहिलेसम्म निजी गाडी किनेको पाइएन । पढाई पूरा नभएको छोराले टक्सन किन्न सक्ने अवस्था पनि रहेन । मोहन रेग्मीको घर पुग्दा उनले हामीलाई एउटा सरकारी गाडी र एक मोटरसाइकल देखाए । र उनले भने, ‘मेरो निजी वाहन यो मोटरसाइकल हो । छोराहरुले यो मोटरसाइकल चढ्छन् । म पनि कहिले काहीँ चढ्छु । अफिसको काममा अफिसकै गाडी सरकारले दिएको छ । त्यही चढ्छु ।’

‘कमन सेन्स’ प्रयोग गरेर विश्लेषण गर्दा पनि कुनै पनि छोराले पेटीमा बसेकी आमालाई आफू गाडीमा बसेर बाईबाई भन्न सक्दैन ।

सात वर्ष सडकको बास कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिँदै कञ्चनले भनेकी थिइन्, सात वर्ष सडकको बास भयो । पूर्वपति मोहन रेग्मीले भने, ‘२०७२ साल वैशाख १२ गते भूकम्प गयो । त्यो बेला कञ्चन मैतिदेवीमा दिदीको घर नजिकै बस्थिन् । औपचारिक सम्बन्ध नभए पनि उनी बसेको मलाई थाहा थियो । भैचालो गएपछि कञ्चनले मलाई फोन गरेर भनिन्, ‘ए इञ्जिनियर, मेरो घर त भूकम्पले भत्कायो, तेरो के भयो ?’

अर्थात ७२ सालसम्म कञ्चन मैतिदेवीको कुनै एक घरमा बस्थिन् । उनी सडकमा पुगेकी थिइनन् । यदि भूकम्पले घर भत्काएर उनको सडकको बास भएको मान्ने हो भने पनि उनको सडकको बास एक वर्ष पनि भएन । किनभने उनको उद्धार भएको पनि ५–६ महिना भइसकेको छ । सात वर्ष सडकको वास भएको भनेर कसरी पत्याउँने ?

पूर्वपति रेग्मी भन्छन्, ‘मैतिदेवीपछि मैले उनलाई टंगालको एक भट्टीपसलमा काम गरेको देखेको थिएँ । उनी खाना पकाउन जान्ने थिइन् । सम्भवत उनी त्यो पसलमा कुनै काम गर्थिन र आफ्नो जीवीको गर्थिन् ।’

यी तथ्यले कञ्चनको सडकको बास सात वर्ष भयो भन्ने कुरामा शंका गर्ने ठाउँ भेटियो ।

अर्काको गजललाई आफ्नो

पत्रकार सुमन खरेलले आफनो रचना सुनाउन आग्रह गर्छन् । कञ्चनले यो गजल भन्छिन्ः

नखुलेको आकाश खुलेर आयो । ऊ शायद यो बाटो भुलेर आयो ।

झर्यो त के भो त्यो जाइ र जुही, यो पलास मनमा फुलेर आयो ।

न त तर्न सक्नु न डुब्न सक्नु, यो भेल कस्तो हो उर्लेर आयो ।

उनीलाई भुल्न उठाएँ प्याला, तर त्यो प्यालामा आँसु घुलेर आयो ।

यति मिठो गजल सुनेपछि पत्रकार खरेलले पनि कञ्चनको प्रशंसा गर्छन् । तर झुठो कुरा बाहिर आउन समय लागेन । यो गजल धेरै वर्ष अघि नै रवि प्राञ्जलले लेखेका थिए । गजलले गीतमा पनि रेकर्ड भइसकेको छ । अर्काको रचनलाई आफ्नो भनेर टेलिभिजनको अन्तर्वार्तामा सुनाउनु अनौठो नै हो ।  आफ्नो रचनालाई कञ्चनले वाचन गरेपछि रवि प्राञ्जलले फेसबुकमा स्टाटसमार्फत कुरा स्पष्ट पारे ।

ravi-pranjal-520x376-1

कञ्चनको सम्पत्तिमा दाजुभाईकै गिद्धे नजर २०६८ सालमा सम्बन्धविच्छेद भयो । त्यो अघि नै कञ्चनले घर छाडेकी थिइन । कञ्चनले भने घर छाडेको नभएर मोहन रेग्मीले कुटेर खेदेको आरोप लगाउने गर्छिन् । सम्बन्धविच्छेद त भयो तर कञ्चनले अझै अंश पाएकी छैनन् । सम्बन्धविच्छेद गरेपछि किन अंश दिनु भएन ? भन्ने प्रश्नमा मोहनले भने, ‘कञ्चनका दाजुले मेरो खातामा कंञ्चनले पाउने पैशा हालिदिनु भने । मैले मानिनँ । उनलाई १० लाख रुपैयाँ दिने कुरा भएको छ । त्यो पैशा म अहिले पनि दिन तयार छु ।’

मोहनका अनुसार अंश लिने दिने विषयमा केही विवाद पनि भएको थियो । कञ्चनका दाजुले १४ वर्षसम्म ओछ्यानमा सुताएको मूल्य १० लाख मात्रै हुन्छ ? भनेर हप्काएका रहेछन् । त्यसपछि मोहन बिच्केका रहेछन् ।

‘ समलिंगी  (होमो) होइन’ कञ्चनले नेपाल आजसँगको अन्तर्वार्तामा भनेकी थिइन कि उनका पति मोहन रेग्मी समलिंगी होमो हुन् । अर्थात उनको सम्बन्ध घरमै काम गर्ने केटासँग थियो । मोहनले यस विषयमा भने, ‘मेरो त्यस्तो रुची हुन्थ्यो भने म किन दोस्रो विवाह गर्थे ? मेरो छोरा कसरी जन्मियो । ’ कञ्चनसँग सम्बन्ध विच्छेद भएपछि मोहनले द्रोस्रो विवाह गरे । दोस्रो पत्नीबाट साढे चार वर्षका एक छोरा छन् ।

कञ्चनले बलात्कार गर्थिन् कञ्चनको एकोहोरो आरोप पछि पूर्वपति मोहनले पनि मुख खोलेका छन् । कञ्चनको स्वभाव प्राकृतिक मात्रै थिएन । उनको जीवन शैली र श्रीमान–श्रीमतीको सम्बन्धका कुरा पनि फरक थिए । कञ्चनले आफ्नो दाम्पत्य जीवनको, ओछ्यानका गतिविधि पनि आफ्ना दिदीबहिनीहरुलाई सुनाउने गर्थिन् । पतिको सुमधुर सम्बन्धमा कञ्चन केटा जस्तो भएर प्रस्तुत हुन्थिन, पतिले केटी जसरी भूमिका निर्वाह गर्नु पथ्र्यो । मोहनले भने, ‘मन नहुँदा पनि मैले तयार हुनु पथ्र्यो । म माथि पटक पटक दूव्र्यवहार भएको छ । यो कुरा मैले कहिले भनिनँ । आज यस्तो दिन आयो । भन्न बाध्य छु ।’

कञ्चनको दारु खाने बानी कञ्चन रेग्मी मदिरा मज्जैले सेवन गर्थिन् । मोहन पनि पिउँछन् । पहिले पहिले उनीहरु सँगै बसेर पनि पिउँने गर्थे । मोहनको जोड खाए पनि घरमै खाऊ बाहिर गएर नखाने भन्ने हुन्थ्यो । तर कञ्चन त्यस्ति थिइनन् । काठमाडौका विभिन्न ठाउँमा उनीहरु डेरामा बसे । टीकाथलीमा घर नै छ अहिले । डेरा र घर वरपर रहेका भट्टी पसलहरुमा अहिले पनि गएर बुझ्ने हो भने कञ्चनलाई नचिन्ने कुनै पसले छैनन् । यो दावी मोहन रेग्मीको हो । मोहनका भाई नै कतिपटक धेरै पसलको उधारो तिरिदिएका थिए । रक्सी खाने बानीले कञ्चनको बानी बिग्रदै गयो । दाम्पत्य जीवन तहस नहस हुनुको एक कारण रक्सी पनि थियो ।

मोहन रेग्मीको दावीमा त कञ्चनले कान्तिपुर टिभीमा अन्तर्वार्ता दिँदा पनि रक्सी खाएको जस्तो सुनिएको थियो ।

[caption id="attachment_39852" align="alignright" width="300"]reshma-sunuwar गायीका तथा कञ्चनकी साथी रेश्मा सुनुवार ।[/caption]

रेश्मा सुनवारसँगको सम्बन्ध कञ्चनसँग नजिकको सम्बन्ध भएका मानिसहरु मध्येकी एक हुन् गायिका रेश्मा सुनवार । अर्की हुन पुजा श्रेष्ठ । यीनीहरु कञ्चनका रक्सी खाने पार्टनर थिए । सन २००६ मा मोहन रेग्मी तालिमका लागि नेदरल्याण्ड गए । त्यो बेला पुजाले ब्वाइफ्रेन्ड लिएर घरै आइपुगिछिन् । उनीहरु एउटै कोठामा सुते । उनीहरु सुतेको कोठाबाट सेक्स गर्दा निस्किने आवाज सुनियो । त्यो खबर मोहनलाई छोराहरु र सहयोगीले बताए । मोहनले यसबारे कञ्चनलाई सोध्दा उनले भनिन्, ‘आवाज निकालेर पुजाले धोका दिई ।’

कञ्चनले धेरै खाले मानिस घरमा लिएर आउँथिन् । ती मानिसहरु प्रायः एउटै हुँदैन थिए । फरक फरक अनुहारका मान्छे आउँथे । जान्थे । घरमा छोराहरु पनि आजित भए । सम्झाउँदा सम्झाउँदा पनि कसैको केही लागेन । विराटनगरबाट पढ्नका लागि मोहनकी कान्छी साली आइन् । त्यो बेला डेरामा बस्थे उनीहरु । सालीले दिदीको करतुत चाल पाइन् । उनले विराटनगरमा आमालाई खबर गरिन् । मधुमेहले थला परेकी मोहनकी सासू काठमाडौं आइन र छोरीलाई सम्झाउन थालिन । ज्वाईसँग हात जोडेर माफि मागिन । त्यसपछि कञ्चनले सुध्रिने आश्वासन दिइन् । तर एक महिना पनि उनी सुध्रिन सकिनन् । शैली फेरि उस्तै भयो ।

छोरालाई आमाको माया किन नलागेको ? अहिले यो परिवारमा धेरैले सोध्ने प्रश्न नै यहि हो कि पतिले त घरबाट निकालिदिए , ठीकै छ । तर आफैले जन्माएका छोराहरु किन यस्ता कुलंघार ? मोहन भन्छन्, ‘मेरा छोराहरुले नै सम्बन्ध विच्छेद गर्न भनेका हुन् । कञ्चनले आफ्नी साथी पुजासँग जेठो छोरालाई सुत्न पठाइछन् । त्यो कुरा उसले मलाई भन्यो । आफू धेरै रक्सी खाने र त्यसको साक्षी भनेको छोरा हुन्थ्यो । त्यो सत्य लुकाउन उनले छोरालाई पनि रक्सी खाने बनाइन ।’

आमाको आनीबानीबाट वाक्क भएपछि छोराहरुले भन्ने गर्थे, ‘हाम्री आमा जैविक आमा मात्रै हुन सकिन्, वास्तविक आमा हुन सकिनन् ।’ छोराहरु नै आमाबाट आजित भएपछि उनीहरुले पनि माया मारेका हुन् भन्ने दावी मोहनको छ । उनका दुई छोराहरु सागर र दीपेन्द्र पनि यो विषयमा बोल्न राजी भएको उनले बताएका छन् । तर सागर र दीपेन्द्रले यस विषयमा कतै कुनै भनाइ राखेको भेटिएको छैन ।

डिप्रेसन र प्रेसर मोहनको दावी अनुसार आमाकै कारण जेठो छोरा डिप्रेसनको सिकार भयो । अहिले उनी रिकभर भएर पढीरहेका छन् । विवाह भएको छ महिना पछि नै कञ्चन र मोहनबीच तनाव उत्पन्न भइसकेको थियो । जसकाकारण मोहन उच्च रक्तचापको रोगी भए । उनी २१ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । पत्नीकै कारण उनलाई डिप्रसन पनि भयो । मोहनका चिकित्सकहरु भनेको डा. सुन्दरमणि दीक्षित र पाटनका साइकाट्रिक डा. देवव्रत जोशीबाट गराएका थिए । दैनिक १२ ट्याब्लेट खाएर छ महिनापछि रिकभर भएका थिए ।

कञ्चनले नर्सिङ पास गरेको होइन कञ्चनले अन्वर्तार्तामा आफू नर्स भएको बताएकी छन् । खासमा उनले पिके क्याम्पसबाट सर्टिफिकेट लेभल उत्तीर्ण गरेकी थिइन । त्यो पनि मोहन कै खर्चमा । त्यसपछि उनले मासिककाको तालिम लिन्छु भनिन् । मोहनले ८ कक्षा पढेकाले लिने तालिम किन लिनु पर्यो भने । त्यसपछि कञ्चनले बिएससी नर्सिङ गर्छु भनिन् । मोहनले नै पढ्ने सबै खर्च उठाए । पढाए ।

तर प्रयोगात्मक  परीक्षामा डाक्टरसँग उनले झगडा गरिन् । परीक्षाबाट रेस्ट्रिकेटमा परिन् । उनले ओम हस्पिटलमा काम गरेको पनि झुठो हो । किनभने उनले बिएससी नर्सिङ पढेकी मात्रै हुन् । उत्तीर्ण गरेकी होइनन् । यो विषयमा खोज्ने हो भने ओम अस्पतालमा अहिले पनि रेकर्ड हुन सक्छ भन्ने मोहनको भनाइ छ ।

दीक्षा चापागाई र उनको पवित्र  सेवा आश्रम अहिले सामाजिक सञ्जालमा दीक्षा चापागाई एक समाजसेवीका रुपमा मासिनहरुले वाह वाह गरिरहेका छन् । कञ्चनलाई सहानुभूतिको पहाड नै प्राप्त भएको छ । यता मोहन रेग्मीलाई भने यो समाजका सबैभन्दा कलंकका रुपमा चित्रण भइरहेको छ ।

[caption id="attachment_39851" align="alignleft" width="634"]dixa दीक्षाद्वारा कञ्चनको उद्धार लगत्तै पोस्ट गरिएको फेसबुक स्टाटस ।[/caption]

मोहन रेग्मीको नम्बर पत्ता लगाउन हामीले दीक्षा चापागाईलाई सम्पर्क गरेका थियौं । दीक्षाले मोहनसँग सम्पर्क नरहेको बताइन् । तर गएको साउन महिनामै दीक्षाले मोहन रेग्मीको मोबाइल नम्बरमा कल गरेकी थिइन । मोहनले आफू धुलिखेलमा रहेको बताएका थिए । दीक्षाले ‘तपाईसँग अफिसियल काम छ । भेट्न आउँछु ।’ भनेकी थिइन । तर उनले त्यो बेला मोहनलाई आफ्नो परिचय दिएकी थिइनन् । मोहन आफैले सोधखोज गरेर पवित्र समाज सेवाकी दीक्षा भन्ने पत्ता लगाएका थिए ।

मोहनको दावी अनुसार अहिले कञ्चनले बोलेको कुरा यथार्थमा दीक्षाको हो । कञ्चनको माध्यम भएर दीक्षाले यो सबै प्रपोगण्डा गरिरहेकी छन् ।

समाजले त रेग्मी परिवारलाई बलात्कार गरिदियो मोहन कञ्चन र उनका दुई छोराहरु यो प्रशंगमा धेरथोर जोडिएका छन् । मोहनको आगं्रह यो छ कि यो विषय पति र पत्नीबीचको कुरा थियो । यसमा छोराहरु जोडर उनीहरुको बदनाम नगरियोस् । तर अहिले मोहनकी दोस्रो पत्नी, साढे चार वर्षको छोराको समेत फोटो सामाजिक सञ्जालमा भाइरहल भएको छ । यो काम सामाजिक सञ्जाल प्रयोगकर्ताबाट भइरहेको छ ।

मोहनको भनाइमा त समाजले उनको परिवारकै बलात्कार गरिरहेको छ अहिले । दोस्रो पत्नी र कान्छो छोराको के दोष यो प्रकरणमा ? मोहनको प्रश्न छ, मलाई गाली गर्ने समाजले जवाफ दिओस्, मेरो श्रीमती र कान्छो छोराको बदनामी किन ? के उहाँहरुलाई साइबर कानुन लाग्दैन ? उनीहरुको बाँच्ने अधिकार छैन ?

फोटो कञ्चनको होइन कञ्चन रेग्मीलाई दीक्षा चापागाईले सडकबाट उठाएको तस्बिर भन्दै तलको तस्बिर सामाजिक सञ्जालमा छाएको छ । खासमा यो तस्बिर कञ्चनको होइन ।

14202509_10154416602398788_5272066007345382711_n

जिम्मेवारी माइतीको चाहीँ हुन्छ कि हुन्न ? कञ्चनप्रतिको दायित्व पूरा नगरेको भनेर उनका छोराहरुप्रति सामाजिक सञ्जाल खनिएको छ । पूर्वपति मोहन भन्छन्, ‘आज म र मेरो परिवारलाई अपराधि करार गरिएको छ । कञ्चनलाई अन्याय गरेको, जिम्मेवारी पूरा नगरेको भनिएको छ । तर मेरो प्रश्न के छ भने, मैले त जिम्मेवारी पूरा गरिनँ रे । तर कञ्चनका चार दाजुभाई र दिदीबहिनीको चाहिँ जिम्मेवारी छ कि छैन ? समाजले यो प्रश्न अमेरिकामा बस्ने कञ्चनका भाईलाई सोध्छ कि सोध्दैन ?

suman

पत्रकार पनि तनावमा कञ्चनको अन्तर्वार्ता लिने पत्रकार सुमन खरेल पनि अहिले तनावमा छन् । एकोहोरो अन्तार्वार्ता आएपछि मोहन रेग्मीको परिवारविरुद्ध मानिसहरु खनिएका छन् । पत्रकार खरेलले रेग्मी परिवारका सदस्यहरुलाई गाली नगर्न आग्रह गरेका छन भने मोहन रेग्मीको धारणा पनि राखिदिने प्रयत्न भएको जनाएका छन् ।


https://youtu.be/zPpOEnvjsu8

प्रस्तुतिः ध्रुव रिजाल

कृपया यी सामग्री नेपालआज डट कमको अनुमति बिना अन्य मिडियामा साभार नगर्नुहोला । थप भिडियो पनि अपलोड हुँदैछ । कृपया प्रतीक्षा गर्नुहोला । 

Dhruba Rijal Dikchhya Chapagai Kanchan Regmi mohan regmi nepalaaja

विशेष