राजनीति

काँग्रेस नेता पौडेल सवार गाडीकाे स्टेरिङ फेल

काँग्रेस नेता पौडेल सवार गाडीकाे स्टेरिङ फेल
ramchandara गौशाला, ६ मङ्सिर । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल चढेकाे गाडीको महोत्तरी जिल्लाको जलेश्वर बर्दिबास सडकखण्डमा स्टेरिङ फेल भएको छ । बर्दिबासबाट जलेश्वर आउने क्रममा सो सडकखण्डको जावखचौकमा नेता पौडेल सवार च६च ७५५५ नंको गाडीको अचानक स्टेरिङ फेल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । अाइतबार दिउँसो बर्दिबासबाट जलेश्वरतिर आउँदै गरेको उक्त गाडी स्टेरिङले काम नगरेर सडक छेउ खेतमा झर्ने अवस्थामा थचक्क बसेर रोकिएको थियो । सो दुर्घटनामा नेता पौडेललगायत गाडीभित्र बसेका कसैलाई केही नभएको र सबैजना सकुशल रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए । नेता पौडेल साेमबार महोत्तरी काँग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जलेश्वर जाँदै थिए । नेता पौडेल अर्को गाडीबाट जलेश्वर पुगिसकेकाे बताइएकाे छ । रासस

Ramchanda Paudel

विशेष