राजनीति

कही नभएको जात्रा, पूर्वपंचहरुको पार्टीमा

कही नभएको जात्रा, पूर्वपंचहरुको पार्टीमा
kamal-thapa-and-pashupati-shamsher एउटै पार्टीमा दुई जना अध्यक्ष ? सायदै कसैलाई पत्यार नलाग्ला । तर राप्रपा र र राप्रपा नेपालको एकतापछि बनेको राप्रपामा दुई अध्यक्ष छन् । राप्रपा नेपालका अध्यक्ष एकीकरणपछिको कार्यकारी अध्यक्ष भएका हुन् । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा राष्ट्रिय अध्यक्ष भएका छन् । थापा र राणा दुबैलाई अध्यक्ष नभइभएपछि लोकलाज सहेरै भएपनि पदको मिलान गरिएको हो । एकता गर्दा पनि गज्जबको शैली अपनाइएको छ । पार्टीको नाम राणा अध्यक्ष रहेको दलको र झण्डा थापा अध्यक्ष रहेको दलको कायम हुने भएको छ । पूर्व पंचहरु ११ बर्षपछि एकै एकै ठाऊ जम्मा भएका हुन् । बाहिर छुटेका पञ्चहरुलाई पनि एकै ठाऊँमा ल्याइने दाबी नेताहरुले गरेका छन् । एकतासँगै राप्रपा थप शक्तिशाली भएको छ । सरकार गिराउन र बनाउनका लागि राप्रपाको साथ थप अनिवार्य हुँदै गएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा प्रकाशचन्द्र लोहनी वरिष्ठ नेता छन् ।
कोमलले लाइन् पंचे माला चर्चित गायिका एंव समाचारवाचिका कोमल वलीपनि पंचहरुकै पंक्तिमा मिसिएकी छिन् । उनलाई अध्यक्ष थापाले फूलमाला लगाएर पार्टीमा भित्राएका थिए । कोमल वली भित्रिदा हलमा भिन्दै उत्साह पैदा भएको थियो ।  

kamal Thapa kamal thapa dalharu sachet nahuda Pasupati Rana Raprapa Nepal

विशेष