राजनीति

कोमल अाेलीले लगाइन् पञ्चेमाला !

कोमल अाेलीले लगाइन् पञ्चेमाला !
komal-oli-in-rppमंसिर - ६ । चर्चित गायिका कोमल ओली राप्रपामा प्रवेश गरेकी छिन् । धेरैलाई चकित तुल्याउँदै उनी पूर्वपञ्चहरुको पार्टी राप्रपामा प्रवेश गरेकी हुन् । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपामा ओली प्रवेश गर्दा एकता समारोहमा भिन्दै रौनक छाएको थियो । उनलाई अध्यक्ष कमल थापाले माला पहिराएर पार्टीमा भित्राएका थिए । स्वरकी धनी कोमल वलीको राजनीति प्रवेशलाई अर्थपूर्ण मानिएको छ । काँग्रेस नेता खुमबहादुर खड्काको खुलेर प्रसंसा गर्ने उनी राजनीतिक पहुँच भएकी गायिका मानिन्छिन् । गणतन्त्र र धर्मनिरपेक्षता सैद्धान्तिकरुपमा अस्विकार गर्ने पार्टीमा ओलीको प्रवेशले नयाँ बहश सृजना गरेको छ । अविवाहित ओलीको गृह प्रवेशका बारेमा धेरै चर्चा हुने गरेपनि पार्टी प्रवेशका बारेमा पूर्व अनुमान कमैले गरेका थिए ।

Komal Oli

विशेष